शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

विकासलाई उत्पादनसँग जोड्ने बागमती प्रदेशको रणनीति

images
सोमबार, चैत ५ २०८०
images
विकासलाई उत्पादनसँग जोड्ने बागमती प्रदेशको रणनीति

कृषि, पर्यटन तथा उद्यमशीलतामा भूमिका खेल्ने गरी विकास निर्माण अघि बढाउने प्रदेश सरकारको तयारी रहेको उनले बताए।

images
images

मकवानपुर- बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारले विकास निर्माणलाई उत्पादनसँग जोड्ने रणनीतिअनुसार काम गरिरहेको बताएका छन्।

images
images
images

आज मकवानपुरको मनहरी गाउँपालिका वडा ९ र ५ जोड्ने रजैया दरदरा मोटरेबल पुलको शिलान्यासपछि मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारले विकासको लक्ष्य लिएर अघि बढेको जिकिर गरे। उनले विकास निर्माणलाई उत्पादनमुखी ढंगबाट अघि बढाएर आर्थिक समृद्धिमा अग्रसर हुने सरकारको लक्ष्य रहको बताए।

images
images

कृषि, पर्यटन तथा उद्यमशीलतामा भूमिका खेल्ने गरी विकास निर्माण अघि बढाउने प्रदेश सरकारको तयारी रहेको उनको भनाइ थियो। सरकार परिवर्तनसँगै नीति परिवर्तन हुने समस्यालाई हल गरी पाँच वर्षे नीतिमा काम गर्दै प्रदेश सरकार अघि बढिरहेको उनले जानकारी दिए। विकासको ढाँचा परिवर्तन गरी प्रदेश सरकार अघि बढिरहेको उनको भनाइ थियो।

images
images

'प्रदेश सरकारले विषयगत क्षेत्रको विकासका लागि नीतिगत व्यवस्था गरेको छ। स्थानीय तहको सुझाव र विगतका अनुभवबाट प्रदेश सरकारले कामलाई परिस्कृत गर्दै अघि बढेको छ', उनले भने, 'प्रदेश सरकारको आर्थिक समृद्धिको योजनामा भौतिक पूर्वाधार निर्माण चुनौती देखिएको छ।'

उनका अनुसार प्रदेश सरकारले पूर्वाधार विकास अन्तर्गत ठूला सडक र पुलहरुमा लगानी गर्ने रणनीति बनाएको छ। साना योजना स्थानीय तहलाई  कार्यान्वयन गर्न दिने गरी प्रदेश सरकारले काम गरिरहेको मन्त्री जम्कट्टेलले बताए। रासस


प्रकाशित : सोमबार, चैत ५ २०८०१३:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend