शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

पुष्प मेलामा एक करोडभन्दा बढीको कारोबार

images
सोमबार, चैत ५ २०८०
images
पुष्प मेलामा एक करोडभन्दा बढीको कारोबार

पुष्प व्यवसाय सहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदै गएको छ। वार्षिक करिब तीन अर्बको कारोबार हुने गरेको बताइएको छ।

images
images

काठमाडौं- यही चैत १ देखि ४ गतेसम्म सञ्चालित २५औँ पुष्प मेलामा एक करोड पाँच लाख ५० हजार रूपैयाँको कारोबार भएको छ। मेलामा एक करोडको कारोबार हुने लक्ष्य आयोजकले लिएकामा लक्ष्यभन्दा बढी पाँच लाख ५० हजार रूपैयाँको कारोबार भएको आयोजकले जानकारी दिएको छ।

images
images
images

फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजना तथा पुष्प विकास केन्द्रको सहआयोजनामा भएको मेलामा ४९ हजार एक सय जनाले अवलोकन गरेको एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिए।

images
images

अध्यक्ष तामाङका अनुसार मेलामा व्यावसायिक कक्ष ६०, ल्यान्डस्केपिङ कक्ष तीन, अफिसियल कक्ष आठ,  प्रतियोगितात्मक प्रदर्शनी एक कक्ष र एक खाद्य प्रदर्शनी कक्षसहित जम्मा ७३ कक्ष राखिएको थियो। मेला अवलोकनका लागि सर्वसाधारणका लागि एकसय ५० रूपैयाँ र विद्यार्थीका लागि एकसय रूपैयाँ प्रवेश शुल्क तोकिएको थियो। 'स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मुख्य नाराका साथ मेला सञ्चालन गरिएको हो।

images
images

गत शनिबार मेलाको स्थलगत अवलोकन गर्दै कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी शाहले पुष्प व्यवसायीको नीतिगत समस्या समाधानका लागि कुनै पनि कसर बाँकी नराख्ने बताएकी थिइन्। नेपालमा मुख्य गरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये केही सयपत्री फूलको मालामात्रै भारतबाट ल्याउने गरिएको छ। 

फूलको मागमा आएको वृद्धिसँगै विशेष गरी काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४३ जिल्लामा पुष्पखेती विस्तार भइसकेको छ। नेपालमा हाल व्यावसायिकरूपमा चार सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएका छन्।

विसं २००७ देखि सुरु भएको पुष्प व्यवसाय सहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदै गएको छ। अन्य समयभन्दा कार्तिकदेखि फागुनसम्म विभिन्न चाडपर्व र विवाहको मौसम पर्ने हुँदा फूल बढी प्रयोग हुने गर्दछ।

नेपालमा लगभग एक सय ५७ हेक्टर क्षेत्रफलमा सातसय व्यवसायीले फूलको खेती गर्दछन्। वार्षिक करिब तीन अर्ब सात करोड रूपैयाँको फूलको कारोबार हुने गरेको बताइएको छ। रासस  


प्रकाशित : सोमबार, चैत ५ २०८०१३:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend