शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

पर्वतको पैँयूमा १३ वटा सिँचाइ आयोजना निर्माण हुँदै

images
सोमबार, चैत ५ २०८०
images
पर्वतको पैँयूमा १३ वटा सिँचाइ आयोजना निर्माण हुँदै
फाइल तस्बिर

चालु आवका लागि साना सिँचाइ योजनामा पालिकाले १४ लाख रूपैयाँ विनियोजन गरेको थियो। पालिकाले दश दिनभित्रमा योजना सम्झौता गरी निर्माण कार्य थालनी गर्ने अनुरोध गरेको छ।

images
images

पर्वत- दक्षिण पर्वतको पैँयू गाउँपालिकाले चालु आर्थिक वर्षमा १३ वटा साना सिँचाइ आयोजना निर्माण गर्ने भएको छ। 

images
images
images

पालिकाभित्रका सातवटै वडामा रहेका विभिन्न कृषि सहकारी, कृषक समूह, तथा समितिले सञ्चालन गरेका व्यावसायिक फार्ममा सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले यस वर्ष १३ वटा योजना छनोट गरिएको हो।

images
images

सिँचाइको सुविधाबाट वञ्चित क्षेत्रका व्यावसायिक कृषकलाई यो कार्यक्रम लाभदायक हुने पैँयू गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्जिनियर राजीव रिमालले जानकारी दिए।

images
images

इन्जिनियर रिमालका अनुसार टकलाक सिँचाइ कुलो निर्माणका लागि दुई लाख, त्रिवेणीको बोकेखोला गल्छिना कुलो निर्माणका लागि एक लाख, वडा नं २ को अर्नास खाद्यान्न बाली उत्पादक समूहका लागि एक लाख रूपैयाँ विनियोजन गरिएको छ।

यसैगरी उपल्लो चालिसे सिँचाइ कुलो योजना बेउलीवासका लागि एक लाख ५० हजार, काउदी पिपलमुनि सिँचाइ कुलो बेउलीवासका लागि ५० हजार, घोप्टेखोला सिँचाइ कुलो मर्मत हुवासका लागि एक लाख रूपैयाँ विनियोजन भएको छ।

इन्जिनियर रिमालका अनुसार झौरीखेत महने सिँचाइ कुलो निर्माणका लागि एक लाख रूपैयाँ, पिल्लेटारी सिँचाइ कुलो निर्माणका लागि एक लाख ५० हजार रूपैयाँ, ठाडेखोला सिँचाइ कुलो निर्माण भुर्तेलथोकका लागि ५० हजार रूपैयाँ, कुवादीखोला, दशमुखरे, बेलवादी फाँट सिँचाइ योजना सरौखोलाका लागि दुई लाख रूपैयाँ विनियोजन भएको छ।

अर्बुदखोला सिँचाइ योजनाका लागि ५० हजार रूपैयाँ, तथा भोर्लेखोला सिँचाइ योजनालाई एक लाख रूपैयाँ, र सोतीपोखरी-डाँडाखेत सिँचाइ योजनाका लागि ५० हजार रूपैयाँ विनियोजन भएको छ।

चालु आवका लागि साना सिँचाइ योजनामा पालिकाले १४ लाख रूपैयाँ विनियोजन गरेको थियो। पालिकाले दश दिनभित्रमा योजना सम्झौता गरी निर्माण कार्य थालनी गर्ने अनुरोध गरेको छ। सबै योजना चालु आवभित्र नै सम्पन्न गर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत रिमालले बताए।

सिँचाइको सुविधा नपुगेका व्यावसायिक फार्ममा आवश्यक पानी विभिन्न स्रोतबाट उपलब्ध गराउने उद्देश्यले कृषि फार्म र कृषिसँग सरोकार राख्ने संस्थामार्फत साना सिँचाइ योजना निर्माण गर्न थालिएको पालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले जानकारी दिए। उनका अनुसार माग भएका अन्य योजनालाई आगामी आवमा समावेश गरिने भएको छ।

यसबाहेक साना सिँचाइका पुराना योजना मर्मतका लागि पनि पैँयू गाउँपालिकाले विभिन्न आठ वटा आयोजना छनोट गरिएको उनले बताए। रासस


प्रकाशित : सोमबार, चैत ५ २०८०११:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend