बिहीबार , वैशाख २० गते २०८१    
images
images

दश करोडको लागतमा भंगहा नगरपालिकाको भवन निर्माण हुँदै

images
images
images
दश करोडको लागतमा भंगहा नगरपालिकाको भवन निर्माण हुँदै

हालको कार्यालय भवन नगरप्रमुख सञ्जिवकुमार साहको निजी हो। नयाँ भवन निर्माण दुई वर्षभित्र पूरा गर्ने लक्ष्य छ।

images
images

महोत्तरी- दश करोडको लागतमा महोत्तरीको भंगहा नगर कार्यपालिकाको प्रशासकीय भवन निर्माण हुने भएको छ।

images
images
images

भंगहा-५ सीतापुरस्थित १० कट्ठा १९ धुर जग्गामा आइतबार प्रतिनिधिसभा सदस्य तथा लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता शरत्सिंह भण्डारीले शिलान्यास गरे।

images

कुल १० करोड ९१ लख ४२ हजार ६ सय २३ रूपैयाँको लागतमा प्रशासकीय भवन निर्माण गरिने  नगर कार्यपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विजयकुमार यादवले बताए।

images

भवन निर्माणका लागि नगरप्रमुख सञ्जिवकुमार साहकी माता फूलकुमारी साहले करिब दुई करोड रूपैयाँ मूल्य बराबरको जग्गा दान गरेकी हुन्।

images
images

शिलान्यासपछि पूर्वमन्त्री भण्डारीले जग्गादाता फूलकुमारी र उनका पति अशेश्वर साहलाई  दोसल्ला ओढाएर सम्मान गरे।

हालको कार्यालय भवन नगरप्रमुख सञ्जिवकुमार साहको निजी हो। यो भवन कार्यालय सञ्चालनका लागि नगरप्रमुख साहले दुई वर्षअघि निःशुल्क उपलब्ध गराएका हुन्। नयाँ भवन निर्माण नभएसम्म कार्यालय सञ्चालनका लागि उक्त भवन निःशुल्क उपलब्ध गराइरहने नगरप्रमुख साहले आफ्नो पुरानो प्रतिबद्धता दोहोर्‍याएका छन्।

नयाँ भवन दुई वर्षभित्र पूरा गर्ने लक्ष्य छ। रासस

images

प्रकाशित : सोमबार, चैत ५ २०८०१०:५२

प्रतिक्रिया दिनुहोस