बिहीबार , वैशाख २० गते २०८१    
images
images

सुन तस्करी प्रकरणमा माओवादी नेता कृष्णबहादुर महरा पक्राउ

images
images
images
सुन तस्करी प्रकरणमा माओवादी नेता कृष्णबहादुर महरा पक्राउ

सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले कृष्णबहादुर महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो।

images
images

काठमाडौं- सुन तस्करी प्रकरणमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन्। महरालाई कपिलवस्तुबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

images
images
images

सुन तस्करीसम्बन्धी छानबीन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो। सोही अनुसार कारबाही गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको थियो।

images

महराका छोरा राहुल महरा विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन्।

images

उच्चस्तरीय आयोगले पूर्वसभामुखसमेत रहेका माओवादीका नेता महरालाई पनि मुद्दा चलाउन सिफारिस गरेको थियो।

images
images

पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेसँगै गृहमन्त्री रवि लामिछानेले पक्राउ गरेर छानबीन गर्न निर्देशन दिएका थिए।

images

प्रकाशित : सोमबार, चैत ५ २०८०१०:४२

प्रतिक्रिया दिनुहोस