शनिबार, वैशाख ८ गते २०८१    
images
images

जिपप्रेमीले बनाए ‘जिप क्लब नेपाल’

images
images
जिपप्रेमीले बनाए ‘जिप क्लब नेपाल’
images
images

काठमाडौं- नेपालमा ‘अफरोड कल्चर’को विकास गर्न र जिप जीवनशैलीलाई प्रोत्साहित गर्न नेपाली जिपप्रेमीहरुले ‘जिप क्लब नेपाल’ स्थापना गरेका छन्। 

images
images
images

काठमाडौंमा आयोजना गरिएको ‘जिपर्स मिटिङ २०२१’मा जिपका उत्साही प्रयोकगकर्ताहरुले जिप क्लब नेपालको स्थापना गरेका हुन्। जिपप्रेमी सदस्यहरुले अफरोडिङबारे जानकारी आदनप्रदान गर्ने र नयाँ ट्रेल र अफरोड रुट पहिचान गर्नेछन्।

images

‘जिप एसयूभीबारे अझ धेरै थाहा पाउन र यसको वास्तविक क्षमताको अनुभव गर्न हामी आउटडोर इभेन्टहरु आयोजना गर्नेछौं,’ जिप कम्पास ट्रेलहकधनी कन्सल्टेन्ट रेडियोलोजिस्ट डा. सौरभ कृष्ण मल्लले भने।  

images

त्यसैगरी, क्लबका अर्का सदस्य तथा एनसेलमा कार्यरत सुदिप देवकोटाले जिप क्लबले अफरोड ड्राइभिङबारे ट्रेनिङ दिने, ट्रेलहरुको आयोजना गर्नुका साथै अन्य सामुदायिक क्रियाकलापहरु गर्ने बताए। ‘जिप क्लबले अफरोडिङबारे सिकाउने, सोसियल र एडभेन्चरस क्रियाकलाप गर्ने र पारिवारिक जमघटलाई प्रोत्साहित गर्नेछ,’ उनले भने।  

images
images

नेपालका लागि जिपको आधिकारिक विक्रेता एमएडब्लू लाइफका सीईओ अनिश लामिछानेले जिप क्लबले नेपाली बजारमा जिपको ‘ब्रान्ड इमेज’ र ‘ओनरसिप एक्सपिरियन्स’लाई बलियो बनाउने बताए। ‘हामीलाई विश्वास छ जिप क्लबले हाम्रा ग्राहकलाई जिपको लेजेन्डरी क्यापाबिलिटीबारे बुझाउन मद्दत गर्नेछ र कस्टमर इन्गेजमेन्टलाई बृहत बनाउनेछ,’ जिपर्स मिटिङमा उनले भने।  

अन्तर्राष्ट्रिय स्तरमा जिप क्लबहरुको सुरुवात जिपको उपस्थिति सडकमा देखिएदेखि नै भएको थियो। दोस्रो विश्वयुद्धमा प्रयोग भएका जिपको क्षमताबाट प्रभावित पूर्वसैनिकले आफूले प्रयोग गरेका जिपलाई लिएर भेटघाट गर्ने र ट्रेलमा जाने थालेपछि जिप क्लब अस्तित्वमा आएको थियो। अहिले संसारमा हजारौं जिप क्लबहरु संचालनमा छन्। 

images

प्रकाशित : आइतबार, मंसिर २६ २०७८१२:१९

प्रतिक्रिया दिनुहोस