बिहीबार , वैशाख २० गते २०८१    
images
images

टेलिकमका स्थायी कर्मचारीले निर्माण कम्पनीमार्फत लिए सडकको ठेक्का, गैरकानूनी आर्जन गरेको भन्दै भ्रष्टाचार मुद्दा

images
images
images
टेलिकमका स्थायी कर्मचारीले निर्माण कम्पनीमार्फत लिए सडकको ठेक्का, गैरकानूनी आर्जन गरेको भन्दै भ्रष्टाचार मुद्दा

टेलिकममा कार्यरत रहँदै निर्माण कम्पनीको व्यवसायमार्फत १ करोड ६१ लाख २० हजार ४ रुपैयाँ गैरकानूनीरुपमा आर्जन गरेको अख्तियारले जनाएको छ।

images
images

काठमाडौं- नेपाल टेलिकममा कार्यरत स्थायी कर्मचारी इन्जिनियर निर्मलप्रसाद सिटौलाले कन्स्ट्रक्सन कम्पनीमा समेत काम गरेर कर्मचारी विनियमावलीविपरीत काम गरी गैरकानूनी आर्जन गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। 

images
images
images

टेलिकममा कार्यरत रहँदै निर्माण कम्पनीको व्यवसायमार्फत उनले १ करोड ६१ लाख २० हजार ४ रुपैयाँ गैरकानूनीरुपमा आर्जन गरेको अख्तियारले जनाएको छ। 

images

इन्जिनियर सिटौलाले हिमदुङ एण्ड थोकर कन्स्ट्रक्सन कम्पनीमा समेत काम गरी व्यापार व्यवसाय गरेको र सूर्यविनायक-धुलिखेल-सिन्धुली-बर्दिबास सडकको ठेक्का लिइ प्रतिनिधिको रुपमा हस्ताक्षरसमेत गरी भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ। 

images

नेपाल टेलिकमका प्राविधिक अधिकृत (निर्माण तथा मर्मत) सिटौलाले साविक नेपाल टेलिकमको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड कर्मचारी विनियमावली, २०६१ को विनियम ८१(३) र हाल प्रचलित नेपाल दूरसञ्चार कम्पनी लिमिटेड कर्मचारी विनियमावली, २०७८ को विनियम १०१ बमोजिम व्यापार व्यवसाय सञ्चालन गर्न वा बाह्य काम गर्न स्वीकृत लिनुपर्ने कानूनी प्रावधानविपरीत नेपाल टेलिकमको  स्वीकृतिबिना निजी कम्पनीको शेयर खरिद गरी संस्थापक सेयरधनी बनेको अख्तियारले जनाएको छ। 

images
images

कम्पनीमा निर्देशकको हैसियतमा आर्थिक वर्ष २०६९/०७० देखि काम गरिरहेको, परिश्रमिकवापत रकम बुझेको तथा विभिन्न ठेक्कापट्टासमेतमा सामेल भइ हिमदुङ एण्ड थोकर कन्स्ट्रक्सन कम्पनीबाट ४५ लाख १७ हजार ५ सय रुपैयाँ पारिश्रमिक तथा कम्पनीको रिजर्भमा रहेको मुनाफाबाट प्राप्त आय १ करोड १६ लाख २ हजार ५ सय ४ रुपैयाँसमेत गरी १ करोड ६१ लाख २० हजार ४ रुपैयाँ  गैरकानूनी व्यापार व्यवसाय गरी आर्जन गरेको पुष्टि भएको उल्लेख छ। 

सिटौलालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १४ बमोजिमको कसुरमा गैरकानूनी व्यापार व्यवसाय गरी आर्जन गरेको सम्पत्ति १ करोड ६१ लाख २० हजार ४ रुपैयाँ बिगो कायम गरी सोही ऐनको दफा १४ बमोजिम सजाय गरी गैरकानूनी आर्जन गरेको सम्पत्तिसमेत जफत हुन मागदाबी लिइ आइतबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।

images

प्रकाशित : आइतबार, चैत ४ २०८००५:४५

प्रतिक्रिया दिनुहोस