शनिबार, वैशाख १५ गते २०८१    
images
images

२६ प्रतिशत वैदेशिक कामदारको रोजाइमा यूएई

images
images
images
२६ प्रतिशत वैदेशिक कामदारको रोजाइमा यूएई
फाइल तस्बिर
images
images

काठमाडौं- वैदेशिक रोजगारीका लागि बाहिरिनेमध्ये ६१ प्रतिशत कामदार नयाँ कामका लागि म्यानपावर तथा व्यक्तिगत भिसामार्फत विभिन्न देश पुगेका छन्।

images
images
images

वैदेशिक रोजगार विभागका अनुसार चालु आवको ८ महिनामा नेपालबाट वैदेशिक रोजगारीमा जानकै लागि ४ लाख ६८ हजार १ सय ३५ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन्। जसमा नयाँ काममा लागि जाने युवाको संख्या ६१ प्रतिशत रहेको छ।

images

विभागले जारी गरेको तथ्यांकअनुसार ८ महिनामा २ लाख ८५ हजार ३ सय ५२ जना नयाँ कामको लागि विदेश पुगेका छन्। यसैगरी ३९ प्रतिशत कामदार भने बिदामा नेपाल आइ पुन: पहिलेकै कम्पनीको काममा फर्किएका छन्।

images

विभागका अनुसार १ लाख ८२ हजार ७ सय ८३ जना बिदामा नेपाल आइ पुन: अन्तिम श्रम स्वीकृति लिँदै विदेश पुगेका छन्। विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार दैनिक १ हजार ९ सय ४३ जना कामदार वैदेशिक रोजगारीका लागि बाहिरिएका छन्।

images
images

नयाँ कामका लागि र बिदामा नेपाल आइ पुन: जाने कामदारको विवरण

new.png

पहिलो रोजाइमा यूएई

नेपाल कामदारको पहिलो रोजाइमा अहिले यूएई रहेको छ। गत वर्ष कामदारको रोजाइमा मलेसिया परेको थियो तर यो वर्षको सुरुवात देखि नै यूएई पहिलो रोजाइमा परेको छ। २०२३ को मार्चदेखि मलेसियाको नयाँ भिसा आएको छैन।

अहिले पहिले नै आएको डिमाण्डअनुसार मलेसिया कामदार गइरहेका छन्। पुरानो डिमाण्डको समय यही २०२४ को मार्चमात्रै हो। 

अब मलेसिया जाने युवाको गन्तव्यमा पनि खाडी देश नै हुने निश्चित भएको छ। चालु आवको ८ महिनामै नयाँ तथा बिदामा नेपाल आइ रोजगारीका लागि यूएई पुग्ने कामदारको संख्या १ लाख २० हजार ४ सय ८५ जना रहेको छ। यो संख्या ८ महिनामा रोजगारीका लागि विदेश जाने संख्याको २५.७३ प्रतिशत हो।

विभागले जारी गरेको तथ्याकअनुसार फागुनमा १८ हजार ७ सय ७, माघमा १७ हजार ६ सय २, पुसमा १६ हजार ३ सय ८५, मंसिरमा १७ हजार ८ सय १४, कात्तिममा  १२ हजार ४ सय ८४, असोजमा १३ हजार ९ सय ५, भदौमा ११ हजार ७ सय ९ र साउनमा ११ हजार ८ सय ७८ जना कामदार यूएई पुगेका छन्।

दोस्रो धेरै कामदार साउदी अरब पुगेका छन्। साउदी अरब रोजगारीका लागि जाने कामदारको संख्या ९१ हजार १ सय ६२ रहेको छ।

यसैगरी तेस्रो बढी कामदार कतार गएका छन्। कतारमा रोजगारीका लागि जाने कामदारको संख्या ९० हजार ३ सय ५७ रहेको छ। चौथोमा मलेसिया रहेको छ। मलेसिया जाने कामदारको संख्या ६३ हजार ६ सय ७६ रहेको छ। 

coun.png

images

प्रकाशित : सोमबार, चैत ५ २०८००९:५२

प्रतिक्रिया दिनुहोस