बिहीबार , वैशाख २० गते २०८१    
images
images

जनगणना २०७८ का चार प्रतिवेदन एकैपटक सार्वजनिक

images
images
images
जनगणना २०७८ का चार प्रतिवेदन एकैपटक सार्वजनिक

जनसङ्ख्याको आकार, वृद्धि र वितरण लैङ्गिक तथा उमेर अनुसारको संरचना  सामाजिक तथा आर्थिक संरचना, उमेर संरचना संक्रमण र जनसांख्यिकीय लाभांशका बारेमा विश्लेषण गरिएको छ।

images
images

काठमाडौं- राष्ट्रिय तथ्यांक कार्यालयले एकसाथ चारवटा प्रतिवेदन सार्वजनिक गरेको छ। राष्ट्रिय जगणना २०७८ सँग सम्बन्धित चारवटा विषयगत प्रतिवेदन कार्यालयले आज सार्वजनिक गरेको हो। 

images
images
images

नेपालको जनसांख्यिक संरचणाका बारेमा पपुलेसन कम्पोजिसन अफ नेपाल प्रतिवेदन एउटा रहेको छ। यसमा जनसंख्याको बनौट र वितरणका बारेमा विश्लेषण गरिएको छ। 

images

पहिले मनोग्रापका रुपमा एउटै भोल्युममा प्रकाशित गर्दै आइएकोमा अब भने यसैगरी विषयगत प्रतिवेदन प्रकाशित हुने भएका छन्। 

images

जनसङ्ख्याको आकार, वृद्धि र वितरण लैङ्गिक तथा उमेर अनुसारको संरचना  सामाजिक तथा आर्थिक संरचना, उमेर संरचना संक्रमण र जनसांख्यिकीय लाभांशका बारेमा विश्लेषण गरिएको छ। 

images
images

घरपरिवारसँग सम्बन्धित तथ्यांकको विश्लेषण गरिएको अर्को प्रतिवेदन पनि बजै सार्वजनिक गरिएको छ। आवास एकाइहरूको विशेषता, घरायसी संरचना, वित्त र आय उत्पादनमा पहुँच, घरायसी सेवा सुविधाहरू र   आवास पर्याप्तता र गुणस्तर  समेटिएको छ। 

त्यस्तै कार्यालयले अपाङ्गता भएकाहरूको संख्या, उमेशर समूह र उनीहरूको सहभागिता समेटिएको तथ्यांक प्रतिवेदन पनि सार्वजनिक गरेको छ। कार्यालयले २०७८ को जनगणनामा सञ्चारमाध्यमको सहयोगका गतिविधि समेटिएको प्रतिवेदन पनि सार्वजनिक गरेको छ। 

जनगणका क्रममा संकलित तथ्यांकलाई विषयगत रुपमा विश्लेषण गरेर छुट्टै प्रतिवेदनहरू प्रकाशित गर्ने क्रममा अहिले यी ल्याइएको कार्यलयका उपप्रमुख तथ्यांक अधिकारी डा हेमराज रेग्मीले जानकारी दिए।

images

प्रकाशित : आइतबार, चैत ४ २०८००४:१४

प्रतिक्रिया दिनुहोस