शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

कर्णालीमा दुई तिहाइ विपन्न

नेपालमा कुल जनसंख्याको २० प्रतिशत धनाढ्य

आइतबार, चैत ४ २०८०
कर्णालीमा दुई तिहाइ विपन्न

यो सूचकअनुसार नेपालमा कुल जनसंख्याको २० प्रतिशत धनाढ्य रहेका छन्। त्यस्तै १९.९ प्रतिशत चरम विपन्न रहेका छन्। त्यस्तै विपन्न २०.४ प्रतिशत छन् भने मध्यम वर्गमा २०.७ प्रतिशत रहेका छन्। १८.९ प्रतिशत भने उच्च वर्गमा छन्।

काठमाडौं- सम्पन्नता सूचकमा चरम असमानता देखिएको छ। राष्ट्रिय जनगणना २०७८ को पछिल्लो तथ्यांकअनुसार प्रादेशिक रुपमा चरम असमानता देखिएको हो। 

राष्ट्रिय तथ्यांक कार्यालयले प्रकाशित गरेको 'पपुलेसन कम्पोजिसन अफ नेपाल' प्रतिवेदनमा यस्तो असमानता देखिएको हो। 

सम्पन्नता सूचकमा कुनै प्रदेश र क्षेत्रमा राम्रो र कुनैमा अधिक खराब देखिएको छ। यसले नेपालको जनसांख्यिक वितरणमा असमानता अझै कायमै रहेको देखिएको हो। 

तथ्यांक कार्यालयले विभिन्न सूचकको आधारमा सम्पन्नता सूचक निकालेको छ। पाँचवटा यस्ता तहमा वर्गीकरण गरिएको छ। चरम गरिब र धनाढ्यको बीचमा तीनवटा वर्ग रहेका छन्। 

यस्तोमा कर्णाली प्रदेशमा आधाभन्दा धेरै चरम गरिबीमा रहेका छन्। अर्थात् कर्णालीमा ५२.३ प्रतिशत कमजोर वर्गमा रहेका छन्। त्यस्तै कर्णालीमा २८.९ प्रतिशत गरिब छन् भने ९.३ प्रतिशत मध्यव वर्ग रहेको छ। उच्च वर्ग ५.५ प्रतिशत छ भने जम्मा ४ प्रतिशत धनाढ्य रहेका छन्। 

यसको ठीक विपरीत बागमती प्रदेशमा भने ४१ प्रतिशत धनाढ्य रहेका छन्। त्यस्तै उच्च वर्गमा पर्नेहरूको संख्या २३.६ प्रतिशत रहेका छ।  बागमतीबाहेक गण्डकी प्रदेशमा पनि धनाढ्य जनसंख्याको बसोबास धेरै रहेको छ भने गरिब सबैभन्दा न्यून रहेका छन्। 

कर्णालीपछि गरिबहरू धेरै रहेको प्रदेश सुदूरपश्चिम र मधेस प्रदेश छन्। 

तथ्यांक कार्यालयले विभिन्न ९ वटा सूचकका आधारमा सम्पन्नता वर्गीकरण गरेको हो। बस्ने घर, बाहिरी वाल, घरको सामग्री, छाना, खानेपानी, इन्धन, बत्तीको स्रोत, शौचालय तथा अन्य स्रोत, टेलिफोन, टेलिभिजन, स्मार्टफोन, कम्पयु्टर, ल्यापटप, कार, इन्टरनेट, रेफ्रिजेरेटर र वासिङ मेसिनको उपलब्धतता भए नभएको आधारमा यस्तो सूचक निकालिन्छ। 

यीमध्ये अधिकांश सुविधामा पहुँच भएको सम्पन्न अर्थात् धनाढ्य हुन्छ भने यसमा न्यूनतम आवश्यकता पनि नभएको चरम गरिबीमा बाँचेको अर्थमा लिइन्छ। 

यो सूचकअनुसार नेपालमा कुल जनसंख्याको २० प्रतिशत धनाढ्य रहेका छन्। त्यस्तै १९.९ प्रतिशत चरम विपन्न रहेका छन्। त्यस्तै विपन्न २०.४ प्रतिशत छन् भने मध्यम वर्गमा २०.७ प्रतिशत रहेका छन्। १८.९ प्रतिशत भने उच्च वर्गमा छन्। 

यो आँकडाअनुसार मध्यम वर्गको संख्या उच्च रहेको देखिएको छ। 


प्रकाशित : आइतबार, चैत ४ २०८०१६:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend