शनिबार, असोज ५ गते २०८१    
images
images

५० करोड लगानीमा बुटवलमा बुटिक होटेल

images
आइतबार, मंसिर २६ २०७८
images
images
५० करोड लगानीमा बुटवलमा बुटिक होटेल

रुपन्देहीका विभिन्न होटेलमा गरेर झन्डै २५ अर्ब रुपैयाँको लगानी रहेको बताइएको छ। यहाँ सानाठूला गरी २ हजार ५ सय होटेल छन्।

images
images

बुटवल- रुपन्देहीको बुटवलस्थित मिलनचोकमा ५० करोड रुपैयाँ लगानीमा पहिलो बुटिक होटेलका रुपमा ड्रिम इन्टरनेसनल होटेल सञ्चालन भएको छ।

images
images
images

जिल्लाको मणिग्राममा चार तारे होटेल ड्रिम ल्यान्ड गोल्ड रिसोर्टसमेत सञ्चालन गरिरहेका व्यवसायी गोपाल रानाले एकल पारिवारिक लगानीमा ४० कोठासहितको होटेल सञ्चालनमा ल्याएका छन्। साढे चार कठ्ठा जग्गामा नेपालीपन झल्किने गरी बनेको सो तीन तारेस्तरको होटेल हो।

होटेलमा ४ स्वीट रुम र ३६ डिलक्स रुम छन्। होटेलको बाहिरी बनोट र सुविधासम्पन्न रुमहरूले युरोपियन पर्यटकलाई पनि आकर्षित गर्ने सञ्चालक रानाले बताए। होटेलमा सय जना क्षमताको दुई सभाहल, ग्राउन्ड फ्लोरमा फाइन डाइनिङ रेष्टुरेन्ट, माथिल्लो तलामा बार र क्याफे तथा ट्यारेसमा रेष्टुरेन्ट रहेका छन्।

कोरोना महामारीका कारण पर्यटन क्षेत्र थला परेको अवस्थामा पनि मुलुकको आर्थिक समृद्धिको दीगो आधार पर्यटन भएकाले आत्मविश्वासका साथ बुटिक होटेलमा लगानी गरिएको उनले उल्लख गरे। होटेलले आफ्ना पाहुनालाई बुटवल क्षेत्रका ऐतिहासिक तथा पर्यटकीय स्थलहरू जितगढी किल्ला, मणिमुकुन्द सेन उद्यान, हिलपार्क, सिद्धबाबा, रामापिथेकस पार्क, पाल्पाको रानीमहल, लुम्बिनीलगायतका स्थानमा घुमाउन र ती स्थानको पर्यटन प्रवर्द्धन गर्न टुर प्याकेज पनि सञ्चालन गर्ने योजना बनाएको बताइएको छ। 

images

'निजी क्षेत्रबाट होटेल पर्यटनमा जसरी ठूलो मात्रामा लगानी भएको छ, त्यसरी नै सरकारले पर्यटनमैत्री नीति बनाउन आवश्यक छ' उनले भने।  

होटलमा ५० जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।

रुपन्देहीका विभिन्न होटेलमा गरेर झन्डै २५ अर्ब रुपैयाँको लगानी रहेको बताइएको छ। यहाँ सानाठूला गरी २ हजार ५ सय होटेल छन्। त्यसमध्ये १ सय ५० भन्दा बढीस्तरीय होटेल सञ्चालनमा रहेको होटेल व्यवसायी सङ्घ रुपन्देहीले जनाएको छ। रासस


प्रकाशित : आइतबार, मंसिर २६ २०७८११:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend