बुधबार, माघ २ गते २०८१    
बुधबार, माघ २ २०८१
images
images

पोखराबाट अन्तर्राष्ट्रिय उडानको अनुरोधसहित पर्यटन परिषद्ले प्रधानमन्त्रीलाई बुझायो मागपत्र

images
आइतबार, चैत ४ २०८०
images
images
पोखराबाट अन्तर्राष्ट्रिय उडानको अनुरोधसहित पर्यटन परिषद्ले प्रधानमन्त्रीलाई बुझायो मागपत्र

मागपत्रमा पर्यटन व्यवसायीले केही वर्षयता एकपछि अर्काे संकटको सामना गर्नुपरेको उल्लेख छ। अर्थतन्त्रमा शिथिलता पैदा हुँदा लगानी संकटमा रहेको र रोजगारी घटेको भन्दै परिषद्ले व्यवसायीलाई ऋण तिर्न सक्ने समय र उत्प्रेरणा आवश्यक रहेको जनाएको छ।

images
images

गण्डकी- पोखरा पर्यटन परिषद्ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको मागलगायतका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई मागपत्र बुझाएको छ।

images
images
images

परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ नेतृत्वको टोलीले आज पोखरामा प्रधानन्त्रीलाई भेटेर मागपत्र बुझाएको हो। पोखरा जोड्ने मुख्य सडकहरुको अवस्था विकराल रहेको र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हालसम्म अन्तर्राष्ट्रिय उडान नियमित हुन नसकेको भन्दै परिषद्ले ध्यानाकर्षण गराएको हो। परिषद्ले छिटो उडान सञ्चालनको अनुरोध समेत गरेको छ।

images

मागपत्रमा पर्यटन व्यवसायीले केही वर्षयता एकपछि अर्काे संकटको सामना गर्नुपरेको उल्लेख छ। अर्थतन्त्रमा शिथिलता पैदा हुँदा लगानी संकटमा रहेको र रोजगारी घटेको भन्दै परिषद्ले व्यवसायीलाई ऋण तिर्न सक्ने समय र उत्प्रेरणा आवश्यक रहेको जनाएको छ।

images
images
images

पर्यटन बोर्डको पुनःसंरचनासहित हाल रिक्त कार्यकारी बोर्ड सदस्यमा पोखराको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग गरिएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नेपाल एयरलाइन्सबाटै सुरु गरी अन्य एयरलाइन्सलाई पनि सुविधासहित प्याकेज दिइ प्रोत्साहनको माग गरिएको छ।

गत वर्ष नवौँ राष्ट्रिय प्रतियोगिताका क्रममा दुर्घटना भइ एक खेलाडीको मृत्यु भएपपछि नेपाल नागरिक उड्डयन प्रधिकरणले प्याराग्लाइडिङको एकल उडान बन्द गरेको थियो। उडान बन्द हुँदा खेलाडीले अभ्यास गर्न नपाउँदा खेलाडीको मनोविज्ञानमा असर परेको परिषद्ले मागपत्रमा जनाएको छ। रासस


प्रकाशित : आइतबार, चैत ४ २०८०१२:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend