बुधबार, माघ २ गते २०८१    
बुधबार, माघ २ २०८१
images
images

‘ग्रिन तिलोत्तमा, क्लिन तिलोत्तमा’ अभियानमा तिलोत्तमा व्यापार संघले सघाउने

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत ४ २०८०
images
images
‘ग्रिन तिलोत्तमा, क्लिन तिलोत्तमा’ अभियानमा तिलोत्तमा व्यापार संघले सघाउने

कार्ययोजनअनुसार ‘ग्रिन तिलोत्तमा, क्लिन तिलोत्तमा’ नगरपालिको अभियानमा व्यापार संघले सघाउने छ भने सदस्यता विस्तार गरेर तीन हजार सदस्य बनाइने छ।

images
images

लुम्बिनी- तिलोत्तमा व्यापार संघले आगामी तीन वर्षका लागि कार्ययोजना तयार गरेको छ। उद्योगी-व्यवसायीका समस्या, अधिकारका विषयमा केन्द्रित रहेर कार्ययोजना तयार गरिएको संघका अध्यक्ष नेत्रप्रसाद न्यौपानेले जानकारी दिए।

images
images
images

कार्ययोजनअनुसार ‘ग्रिन तिलोत्तमा, क्लिन तिलोत्तमा’ नगरपालिको अभियानमा व्यापार संघले सघाउने छ भने सदस्यता विस्तार गरेर तीन हजार सदस्य बनाइने छ।  

images

संघमा आबद्ध सदस्यहरूको एक लाख रुपैयाँबराबरको दुर्घटना बीमा, व्यवसायीमुखी तालिम गराइ दक्ष व्यवसायी बनाउन सघाउने, तिलोत्तमा महोत्सव-२०८१ भव्यरूपमा सम्पन्न गर्ने, छिमेकी समकक्षी संघसंस्थासँग भगिनी सम्बन्ध कायम गर्ने, ‘ग्रिन तिलोत्तमा, क्लिन तिलोत्तमा’ अभियानलाई सार्थक नगरपालिकासँग सहकार्य गरी अगाडि बढाउने, सचिवालय भवन निर्माण गर्न जग्गा प्राप्तिका लागि सबै पक्षसँग छलफल एवं संवाद गरी प्राप्त जग्गामा सचिवालय भवन बनाउने विषय समेटिएका छन्।

images
images
images

विभिन्न अस्पतालसँग सहकार्य गरी उपचारमा छुटको व्यवस्था मिलाउने, बैंक तथा वित्तीय संस्थासँग उद्योगी-व्यवसायी सदस्यलाई वित्तीयसम्बन्धी अन्तरक्रिया कार्यक्रम गर्ने, महिला उद्यमीका लागि तालिम गोष्ठी गर्नेलगायतका योजना पनि कार्यशालाले तय गरेको छ। कार्यशालाले बनाएका योजना कार्यान्वयनका लागि जिम्मेवारी बाँडफाँटसमेत गरिएको संघका अध्यक्ष न्यौपानेले जानकारी दिए।

कार्ययोजना निर्माणमा नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश अध्यक्ष टङ्कप्रसाद पोखरेलले सहजीकरण गरेका थिए। त्यस अवसरमा संघका संस्थापक अध्यक्ष जेपी कँडेल, वरिष्ठ उपाध्यक्ष विष्णुबहादुर बराल, महासचिव चेतनारायण विश्वकर्मा, कार्यक्रम संयोजक ताराप्रसाद नेपाललगायतले कार्ययोजनालाई कार्यान्वयन गरी संघलाई सुदृढ व्यावसायिक संस्थाका रूपमा विकास गर्नुपर्ने बताए। रासस


प्रकाशित : आइतबार, चैत ४ २०८०१०:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend