सोमबार, वैशाख २४ गते २०८१    
images
images

लगानी सम्मेलन : दातृ निकाय र विदेशी लगानीकर्तालाई विश्वासमा लिन अर्थमन्त्री पुनको दौडधुप

विकास साझेदार र लगानीकर्ता हुँदै राजदूतसम्मलाई भेट

images
images
images
लगानी सम्मेलन : दातृ निकाय र विदेशी लगानीकर्तालाई विश्वासमा लिन अर्थमन्त्री पुनको दौडधुप
images
images

काठमाडौ- सरकारले तेस्रो लगानी सम्मेलन आगामी बैशाख १६ र १७ गते काठमाडौंमा आयोजना गर्दै छ। सम्मेलनको घोषणामा मुख्य भूमिका खेलेका डा. प्रकाशशरण महत बाहिरिएर नयाँ अर्थमन्त्रीमा वर्षमान पुन भित्रिएका छन्।

images
images
images

अस्थिर राजनीतिका कारणले विदेशी दातृ निकाय र लगानीकर्तासमेत अलमलमा पर्नु स्वभाविक नै हो। सोही बुझेर अर्थमन्त्री पुन यतिबेला दर्जनौँ दातृ निकाय र मुलुकका प्रतिनिधिलाई भेटेर विश्वासमा लिन लागिपरेका छन्।

images

अर्थमन्त्री पुनले विश्व बैंक, एसियाली विकास बैंक मात्रै नभएर नेपालमा लगानी आउन सक्ने सम्भावित देश भारत, चीन, अमेरिका तथा युरोपेली मुलुकका प्रतिनिधिसँग पनि भेट गर्दै लगानी सम्मेलनमा सहभागिता र लगानीकर्तालाई विश्वस्त पार्ने सन्देश दिन आग्रह गर्दै आएका छन्।

images

लगानी सम्मेलनका लागि लगानी बोर्डले १ सय २८ परियोजना सोकेसमा राख्ने तयारी छ। 

images
images

लगानी बोर्डले तेस्रो लगानी सम्मेलनका लागि विश्वका १७ ठूला धनाढ्यलाई निम्ता पठाइसकेको छ। बोर्डले झन्डै २ हजार लगानीकर्तालाई राजदूतावासमार्फत बोलाउँदै छ। बोर्डले गौतम अडानी, एलन मस्क, मार्क जुकरवर्ग, मुकेश अम्बानी, ज्याकमा सहितलाई पत्र पठाएको छ।

अर्थमन्त्री पुनले लगानी सम्मेलनलाई मुख्य प्राथमिकतामा राख्दै कुटनीतिक भेटवार्तालाई तीव्र पारिरहेका छन्। अर्थमन्त्री पुनले नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनसँग लगानी सम्मेलनमा भाग लिन र लगानीकर्ता आउने  वातावरण बनाइदिन आग्रह नै गरेका थिए। 

नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण रहेको भन्दै अर्थमन्त्री पुनले आवश्यक कानूनी तथा व्यवाहारिक सहजीकरणका लागि सरकार तयार रहेको सन्देश प्रत्येक दातृ निकायका प्रतिनिधिहरुलाई दिइरहेका छन्।  

अर्थमन्त्री पुनले अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि नेपाल 'भर्जिन ल्यान्ड'  भएको भन्दै लगानी ल्याउन आग्रह गर्दै आएका छन्। यता अर्थमन्त्रीलाई विश्वस्त पार्दै जवाफमा राजदूत थम्पसनले उक्त सम्मेलनमा ठूलो संख्यामा अमेरिकी लगानीकर्ता आउन इच्छुक रहेको जानकारी दिएका थिए।  

अर्थमन्त्री पुनले बेलायतका उच्च अधिकारीसँग पनि भेटिसकेका छन्। बेलायतको विदेश तथा कमनवेल्थ विकास कार्यालयका निर्देशक बेन मिलर, नेपालका लागि बेलायती राजदूत रोब फेनसहितका अधिकारीसँगको भेटघाट गरेर नेपालमा लगानी गर्न आग्रह गरेका थिए। उनले लगानी सम्मेलनमा भाग लिन आग्रह गरेपछि जवाफमा मिलरले लगानी सम्मेलनलाई सफल र उपलब्धिमूलक बनाउन बेलायत सरकारका तर्फबाट पूर्ण सहयोग हुने बताएका थिए ।

लगानी सम्मेलन सफल पार्न लगानीमैत्री वातावरण निर्माण, नीतिगत र प्रक्रियागत सुधार, दोहोरो करमुक्त सम्झौता तथा सार्वभौम रेटिङजस्ता काम सम्पन्न गर्न बेलायती उच्च अधिकारीहरूले सुझाएका थिए। 

अर्थमन्त्री पुनले भारतीय राजदूतसँग पनि भेटवार्ता गरिसकेका छन्। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँगको भेटमो लगानी सम्मेलन सफल पार्न सहयोग मागेका थिए। श्रीवास्तवले नेपाल–भारतबीच सम्बन्ध गहिरो रहेको बताउँदै लगानी सम्मेलनका लागि भारतले गर्नुपर्ने सबै सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका थिए। 

अर्थमन्त्री पुनलाई नेपालका लागि स्वीस राजदूत डेनिएल मेउलीले लगानी सम्मेलन सफल पार्न स्वीटरजरल्याण्डका तर्फबाट सबै प्रकारको सहयोग रहने बताइन्। दूतावासले नेपालको लगानी सम्मेलनमा सहभागी हुन आग्रह गरेको र स्वीट्जरल्याण्डको निजी क्षेत्र नेपालमा लगानी भित्र्याउन इच्छुक रहेको जानकारी उनले दिइन्। 

यस्तै राजदूत मेउलीले आफूहरुसँग विमानस्थल व्यवस्थापनसम्बन्धी राम्रो अनुभव भएकाले नेपालका विमानस्थल व्यवस्थापनमा चासो रहेको समेत बताइन्। उनले ट्रेल बेस टुरिज्म र कोशी प्रदेशका पालिकाहरुमा राजश्व परिचालनसम्बन्धी पाइपलाइनमा हरेका स्वीस परियोजनाका काम मन्त्रालयका तर्फबाट छिटो अघि बढाउन मन्त्री पुनलाई आग्रह गरिन्। 

अर्थमन्त्री पुनले एसियाली विकास बैंक (एडीबी) का कन्ट्री डाइरेक्टर आर्नो कोशवासँग भेटेर साझेदारी थप मजबुत बनाउन आग्रह गरेका थिए। विश्व बैंकसँगको वित्तीय साझेदारीमा एडीबीले निर्माण गर्न चाहेको जलासययुक्त दूधकोशी जलविद्युत आयोजना र माथिल्लो अरुण जलविद्युत आयोजनाको काम थाल्ने वातावरण बनाउने एडीबी का कन्ट्री डाइरेक्टर आर्नो कोशवाले विश्वास व्यक्त गरेका थिए।

अर्थमन्त्री पुनले २० वर्षपछि विश्व बैंक र एसियाली विकास बैंकले एकै आयोजनामा लगनाी साझेदारी गर्ने गरी काम गर्न थालेकामा मन्त्री पुनले खुसी व्यक्त गरेका थिए। 

अर्थमन्त्री पुनले नेपालमा थप सहायता बढाउन विश्व बैंकलाई पनि आग्रह गरिसकेका छन्। विश्व बैंकका नेपाल, माल्दिभ्स र श्रीलंका हेर्ने कन्ट्री डाइरेक्टर फेरिस हदाद जेर्बोससँग मन्त्री पुनले अर्थतन्त्र अझै केही दबाबमा रहेकाले नेपाललाई प्राथमितामा राख्न आग्रह गरेका थिए। विश्व बैंक नेपालको ठूलोमध्येको विकास साझेदार भएकाले समन्वय र सहकार्यको अपेक्षा पनि  उच्चस्तरकै रहेको उनको भनाइ थियो। 

डाइरेक्टर जेर्बोसले विश्व बैंकको लगानीमा सञ्चालित आयोजनाहरुको प्रगति सन्तोषजनक बनाउन सरकारका तर्फबाट गर्नुपर्ने समन्वयका लागि मन्त्री पुनको ध्यानाकर्षण गराएका थिए। उनले विश्व बैंकले निर्माण गर्दै गरेको नयाँ साझेदारी रणनीतिको खाकाबारे समेत मन्त्री पुनलाई अवगत गराएका थिए।

उनले आगामी जुनमा काठमाण्डौंमा हुने विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए) २१ सम्बन्धी बैठकको तयारीबारे मन्त्री पुनलाई जानकारी दिएका थिए। आइडीएले विकासोन्मुख मुलुकका लागि वित्तिय सहायता, सहुलियतपूर्ण ऋण र अनुदान प्रदान गर्दै आएको छ।

images

प्रकाशित : आइतबार, चैत ४ २०८००७:२६
  • सम्बन्धित विषय:

  • # तेस्रो लगानी सम्मेलन


  • प्रतिक्रिया दिनुहोस