शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

ढुवानी सेवासम्बन्धी छुट्टै ऐन ल्याउने कानूनमन्त्रीको प्रतिबद्धता

images
शनिबार, चैत ३ २०८०
images
ढुवानी सेवासम्बन्धी छुट्टै ऐन ल्याउने कानूनमन्त्रीको प्रतिबद्धता
फाइल तस्बिर

ढुवानी व्यवसायी महासंघका महासचिव अरूणकुमार श्रेष्ठले करसम्बन्धी व्यवस्था खारेजीको माग गरे। सरकारले ढुवानी सेवामा समेत मूल्य अभिवृद्धि कर लगाउनाले पीडा थपिदिएको र आम नागरिकले मूल्यवृद्धिको मार खेप्नुपरेको उनले बताए।

images
images

काठमाडौं- कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले ढुवानी सेवासम्बन्धी छुट्टै ऐनको आवश्यकता रहेको बताएका छन्। राजधानीमा आयोजित ढुवानी व्यवसायी महासंघ नेपालको छैटौँ महाधिवेशन तथा १५औँ वार्षिक साधारणसभामा उनले विज्ञहरुसँग छलफल गरेर उक्त ऐन ल्याउने प्रतिबद्धता व्यक्त गरे।

images
images
images

उनले भने, 'ढुवानी व्यवसाय क्षेत्रका विधेयक छलफलमा छन्। सबै नसमेटिन सक्छन्। त्यसैले छुट्टै ऐनको आवश्यकता छ जस्तो लाग्छ।' उनले ढुवानी व्यवसायले अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याए पनि भूकम्प, कोभिड तथा आर्थिक मन्दीको मारमा परेको बताए।

images
images

त्यसैगरी महासंघका महासचिव अरूणकुमार श्रेष्ठले महामारीका बेला सामानको नियमित आपूर्ति गरेका ढुवानी व्यवसायीहरू आर्थिक मन्दीको भार खेपिरहेको दुखेसो पोखे। श्रेष्ठले भने, 'सरकारले ढुवानी सेवामा समेत मूल्य अभिवृद्धि कर लगाउनाले पीडा थपिदिएको छ जसले गर्दा आम नागरिकले मूल्यवृद्धिको मार खेप्नुपरेको छ।' उनले करसम्बन्धी व्यवस्था खारेजीको माग गरे।

images
images

राष्ट्रिय स्वतन्त्रता पार्टीका सांसद शिव नेपालीले यातायात व्यवसायीको हकहितका लागि आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे। त्यसैगरी नेपाली कांगे्रसका सांसद रामहरि खतिवडाले निजी क्षेत्र महत्वपूर्ण खम्बा रहेकोले  यातायात तथा ढुवानी व्यवसायीका समस्या समाधानमा सहयोग गर्ने जनाए।

ढुवानी व्यवसायका अग्रज व्यक्तित्व सरदार प्रितम सिंहलाई सम्मान गरिएको थियो। साथै गण्डकी विश्वविद्यालयले ढुवानी व्यवसायसँग सम्बन्धित नीति अनुसन्धान गरी आवश्यक प्रतिवेदन तयार पार्ने विषयमा विश्वविद्यालयका रजिस्ट्रार डा कैलाश तिमिल्सिना र ढुवानी व्यवसायी महासंघबीच सम्झौता गरेको छ। रासस


प्रकाशित : शनिबार, चैत ३ २०८०१७:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend