बुधबार, माघ २ गते २०८१    
बुधबार, माघ २ २०८१
images
images

अर्थमन्त्री भन्छन् - सरकारका नीति परिवर्तन हुँदैनन्, कार्यशैली परिवर्तन हुन्छ

images
शनिबार, चैत ३ २०८०
images
images
अर्थमन्त्री भन्छन् - सरकारका नीति परिवर्तन हुँदैनन्, कार्यशैली परिवर्तन हुन्छ

अर्थतन्त्रमा देखिएको शिथिलता, बेरोजगारीलगायतका कारण चौतर्फीरुपमा निराशा छाइरहेको बेला सरकारले आशा जगाउने गरी काम गर्ने अर्थमन्त्री वर्षमान पुनले दाबी गरे।

images
images

काठमाडौं- अर्थमन्त्री वर्षमान पुनले मुलुकको अर्थतन्त्रमा देखिएको शिथिलता चिर्न सरकारका नीतिहरु परिवर्तन नहुने तर काम गर्ने शैली भने परिवर्तन हुने बताएका छन्। राष्ट्रिय वाणिज्य बैंकले आज यहाँ आयोजना गरेको ‘आरबिबिएल म्यानेजमेन्ट कन्फ्रेन्स २०२४’ मा अर्थमन्त्री पुनले स्वदेशमा काम गर्ने वातावरण सृजना गर्ने गरी सरकारले काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

images
images
images

आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा संसद्‌मा छलफल चलिरहेको बताउँदै अर्थमन्त्री पुनले सरकारले लिने नीतिहरु परिवर्तन नहुने तर कार्यशैली परिवर्तन हुने बताए।

images

'सरकारका नीतिहरु आधारभूत रुपले परिवर्तन हुँदैनन्। संविधानअनुसारका विभिन्न कानून बनेका छन् र त्यसैका आधारमा हाम्रा ऐन, नियम कानून बनेका छन्। तिनैका आधारमा हाम्रा सामाजिक आर्थिक नीतिहरु अघि बढ्छन्', उनले भने, 'तर सरकार परिवर्तन हुँदा व्यक्तिका काम गर्ने शैली परिवर्तन हुन सक्छन्। फरक शैलीको काम गर्ने तरिकाले नतिजामा पनि फरकपन आउँछ।'

images
images
images

अर्थतन्त्रमा देखिएको शिथिलता, बेरोजगारीलगायतका कारण चौतर्फीरुपमा निराशा छाइरहेको बेला सरकारले आशा जगाउने गरी काम गर्ने अर्थमन्त्री पुनले दाबी गरे।

'अहिले चारैतिर व्यवस्था बदलियो तर नागरिकको अवस्था फेरिएन भनेर गुनासो आइरहेका छन्। यो गुनासो र युवाको आकांक्षालाई सम्बोधन गर्दै यो देशमा केही गर्न सकिन्छ भन्ने आशा जगाउने गरी काम गर्नेछु', अर्थमन्त्रीले भने, ' आफ्नै माटोमा काम गर्छु भन्नेलाई सरकारले सहयोग गर्छ। कहाँनेर सहयोग गर्न सकिन्छ भनेर हामी समीक्षा गर्छौँ। जनताको अवस्था किन परिवर्तन भएन भनेर समीक्षा गर्न हामी तयार हुनुपर्छ। सेवा प्रवाहमा हामी कहाँनेर चुक्यौँ भनेर सरकारले समीक्षा गर्छ।' रासस


प्रकाशित : शनिबार, चैत ३ २०८०१३:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend