शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

भारतीय राजदूतावासले मनायो २२औँ स्वर्ण जयन्ती छात्रवृत्ति दिवस

images
शनिबार, चैत ३ २०८०
images
भारतीय राजदूतावासले मनायो २२औँ स्वर्ण जयन्ती छात्रवृत्ति दिवस

कार्यक्रममा करिब दुई सयजना विद्यार्थीले उत्साहजनक रुपमा सहभागीता जनाएको भारतीय राजदूतावासले जनाएको छ।

images
images

काठमाडौं- काठमाडौंस्थित भारतीय राजदूतावासले २२औँ स्वर्ण जयन्ती छात्रवृत्ति दिवस मनाएको छ।

images
images
images

दूतावास परिसरमा शुक्रबार एक कार्यक्रमको आयोजना गरी २२औँ स्वर्ण जयन्ती छात्रवृत्ति दिवस मनाइएको दूतावासले जनाएको छ। उक्त कार्यक्रममा करिब दुई सयजना विद्यार्थीले उत्साहजनक रुपमा सहभागीता जनाएका थिए।

images
images

कार्यक्रममा स्वर्ण जयन्ती छात्रवृत्ति प्राप्त गरेका पहिलो ब्याचका ९ जना विद्यार्थीलाई राजदूतको स्वर्ण जयन्ती छात्रवृत्ति रोल अफ अनर प्रदान गर्दै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतमा स्टार्टप इकोसिस्टम, इन्क्युवेसन सेन्टर आदिमा आबद्ध भइ एवम् सहकार्य गरी युवाहरुका लागि सिर्जना गर्न सकिने भन्दै विद्यार्थीहरुलाई सहकार्य गर्न सकिने क्षेत्रहरु खोज्न प्रोत्साहित गरे।

images
images

भारत र नेपालबीचको आर्थिक सहकार्य ५० वर्ष पूरा भएको उपलक्ष्यमा सन् २००२ मा प्रतिष्ठित स्वर्ण जयन्ती छात्रवृत्ति स्थापना गरिएको हो। पछिल्लो केही वर्षमा छात्रवृत्ति प्राप्त गर्नेको संख्या दुईसय पुगेको छ।

यस छात्रवृत्ति योजनाअन्तर्गत एमबीबीएस/बीडीएस अध्ययन गर्ने विद्यार्थीले पाँच वर्षका लागि प्रत्येक महिना नेरु चारहजार, बीई अध्ययन गर्ने विद्यार्थीले चार वर्षका लागि प्रत्येक महिना नेरु चारहजार प्राप्त गर्नेछन्।

अन्य अन्डरग्राजुएट कोर्ष जस्तै: बीए, बीएड, बी फार्मेसी, बीएससी एग्रीकल्चर, बीबीए, बीबीएम,र बीबीएस अध्ययन गर्ने विद्यार्थीले तीन वर्षका लागि प्रत्येक महिना नेरु तीन हजार प्राप्त गर्ने दूतावासले जनाएको छ।


प्रकाशित : शनिबार, चैत ३ २०८०१२:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend