मंगलबार, असार २४ गते २०८२    
मंगलबार, असार २४ २०८२
images
images

टेलर्समा आगलागी हुँदा ३० लाखको क्षति

images
शनिबार, चैत ३ २०८०
images
images
टेलर्समा आगलागी हुँदा ३० लाखको क्षति

स्थानीयवासी, प्रहरी र राजविराजबाट आएका वारुणयन्त्रको सहयोगमा आगो निभाइसकिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

images
images

राजविराज- सप्तरीको राजविराजस्थित रुपनी रोडमा रहेको कृष्णा लेडिज एन्ड जेन्स टेलर्समा आज भएको आगलागीबाट क्षति  भएको छ।

images
images

आगलागीबाट उक्त टेलर्समा रहेका १९ वटा कपडा सिउने मेसिन, चारवटा विद्युतीय मेसिन र ग्राहकले सिउन दिएका  कपडासहित ३० लाख रूपैयाँ बराबरको क्षति भएको टेलर्स सञ्चालक रोहितकुमार साहले जानकारी दिए।

images
images

आगलागीको कारणबारे कुनै जानकारी प्राप्त भएको छैन। स्थानीयवासी, प्रहरी र राजविराजबाट आएका वारुणयन्त्रको सहयोगमा आगो निभाइएको थियो। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस

images
images
images


प्रकाशित : शनिबार, चैत ३ २०८०१२:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend