शनिबार, मंसिर ८ गते २०८१    
images
images

उच्च बिन्दुबाट ८३७ अंकले ओर्लियो सेयर बजार, बियरिस ट्रेन्डको त्रासले बिक्री गरेर बाहिरिन थाले लगानीकर्ता

images
आइतबार, मंसिर २६ २०७८
images
images
उच्च बिन्दुबाट ८३७ अंकले ओर्लियो सेयर बजार, बियरिस ट्रेन्डको त्रासले बिक्री गरेर बाहिरिन थाले लगानीकर्ता
images
images

काठमाडौं- लगातार नेप्से परिसूचक घट्न थालेपछि सेयर बजार वियरिस ट्रेण्डमा जान लागेको संकेत देखिएको छ। नेपालमा बैंकिङ तरलता र ब्याजदरले सेयर बजारलाई सबैभन्दा धेरै प्रभावित पार्ने गरेको छ। राष्ट्र बैंकको नीतिले पनि सेयर बजार प्रभावित हुँदै आएको छ।

images
images
images

गत भदौ २ नेप्से परिसूचक हालसम्मकै उच्च ३१९९ बिन्दुमा पुगेको थियो। भदौ ३ देखि ओरालो लागेको बजार मंसिर २६ गते आइतबारसम्म बजार उच्च बिन्दुबाट ८३७ अंकले तल झरेको छ।

images

सेयर बजार साताको पहिलो दिन आइतबार नै ८८.७० अंकले घटेर २३६१.२७ बिन्दुमा रोकियो। ७२ लाख २३ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब १९ करोड ९१ लाख रुपैयाँको कारोबार भयो। 

images

यसले करेक्सन भन्दाभन्दै बजार वियरिस ट्रेण्डमा अगाडि बढेको कुरा अधिकांश लगानीकर्ताले सामान्य भेउ पनि पाएनन्। अंक मात्रै होइन बजारमा २२ अर्बको कारोबारसमेत पुगेको थियो।

अहिले मुस्किलले ३/४ अर्बमा कारोबार खुम्चिएको छ। नेप्सेको बुललाई अन्य कुरा भन्दा पनि बैंकको ब्याजदरले निर्देशन गर्ने गरेको छ। विगतको २०७२ र २०६४ सालको बुललाई पनि बैंकिङ तरलता र ब्याजदरले निर्देशन गरेको हो।

२०६४ सालमा देश १० वर्षे जनयुद्धपछि धेरै रकम सहरमा पसेको थियो। जसका कारण बैंकमा पैसा थुप्रिएको थियो। त्यसपछि बुल आएको थियो। बैंक वित्तीय संस्था र बीमा कम्पनीहरूले ठूलो मात्रामा हकप्रद सेयर निष्काशन गरे। जसले गर्दा सेयर बुलिस ट्रेण्डमा देखियो।

२०७२ सालको बुललाई पनि भूकम्पले निर्देशन गरेको थियो। भूकम्पपछि व्यवसायीहरू अन्य क्षेत्रमा लगानी गर्न छाडेर सेयर बजारमा प्रवेश गरे। यसै अवधिमा बैंकहरूमा तरलता बढ्न गई ब्याजदर पनि धेरै तल झर्‍यो। यहि अवस्थालाई नेपाल राष्ट्र बैंक र बीमा समितिको पुँजी वृद्धि योजनाले साथ दियो। फलस्वरुप सेयर बजार बुलिस ट्रेण्डमा देखियो।

यस पटकको सकिँदै गरेको बुललाई पनि कोभिड १९ ले सर्पोट गरेको देखिन्छ। कोभिड १९ कारण अन्य लगानीका क्षेत्रहरू पूर्ण रुपमा बन्द भए। बैंकहरूमा पैसा थुप्रियो। तरलता बढ्न गई बैंकको ब्याजदर पनि तल झर्‍यो। बजार विश्लेषकहरूका अनुसार यसपटक सेयर बजार प्राविधिक रुपमा बढ्यो। जसलाई बैंकिङ तरलताबाहेक अन्य कुराले सपोर्ट गरेका थिए। कोभिड १९ का कारण अन्य क्षेत्रमा कर्जा पूर्ण रुपमा रोकियो। बैंकहरूको ठूलो रकम सेयर बजारमा आउँदा बजार नसोचिएको हिसाबले सुधार भयो।

बैंकमा निक्षेप जम्मा गर्दा धेरै ब्याजदर नपाउने भएपछि निक्षेपकर्ताले पनि आफूसँग भएको स्रोत सेयर बजारमा प्रयोग गरे। अहिले त्यहि पैसा सेयर बजारबाट बाहिरिरहेको छ। वाणिज्य बैंकहरूले पुस महिनामा ब्याज नबढाउने भद्र सहमति गरे पनि निक्षेप भने बढेको छैन। जसका कारण सेयरमा लगानी गर्ने ऋणको ब्याज घट्ने अवस्था छैन। 

कोभिड १९ का कारण एक वर्षसम्म आयात रोकिएको थियो। दुई वर्षको आयात एकै पटक हुँदा विदेशी मुद्राको सञ्चितमा पनि ठूलो दवाव पर्‍यो। वैदेशिक रोजगारी तथा अध्ययनमा गएका नेपालीहरूले पठाउने रेमिट्यान्स पनि घटिरहेको छ। यस्ता समाचारले सेयर बजार तल झार्न थप मद्दत गरेको विश्लेषकहरू बताउँछन्।

भदौ मसान्तमा अधिकांश बैंकहरूले निक्षेपको ब्याजदर बढाउन थाले। निक्षेपको ब्याजदर बढाउनेवित्तिकै स्वभाविक रुपमा बैंकहरूको आधार ब्याजदर बढ्छ।

यसै क्रममा कोभिड १९ कारण काम नहुँदा सेयर बजार प्रवेश गरेकाहरू विस्तारै आफ्नै क्षेत्रमा फर्किने क्रम बढेको छ। ब्रोकरहरूका अनुसार यस्ता व्यवसायीहरूले विस्तारै पैसा लगिरहेका छन्। कोभिड १९ का कारण बन्द भएका उद्योग कलकारखाना तथा व्यवसाय सुरु गर्नका लागि उनीहरूलाई थप पुँजीको आवश्यकता पर्दछ।

यस्तो पैसा सेयर बजारबाट लगातार झिक्ने क्रम बढिरहेको छ। यससँगै चाडवाड र पहिलो त्रैमासिक अवधिका लागि आवश्यक पर्ने सावा र किस्ता जोहो गर्नका लागि पनि सेयर बिक्री गर्ने क्रम बढेको पाइयो।

नयाँ आएका लगानीकर्ताले स्टप लस गर्न जान्दैनन्। आफ्नो निक्षेप लिएर बसेकाहरू घाटा खाएर बिक्री गर्न चाहँदैनन्। तर पुराना लगानीकर्ताले सकेसम्म माथिल्लो मूल्यमै बिक्री गर्छन्। यदि एक हजारमा किनेको सेयर घटेर ९ सयमा आयो र बजार अझै तल झर्छ भन्ने अनुमान लगाए पनि उनीहरू बिक्री गरेर बाहिरिन्छन्।

विगतमै अब तरलता अभाव हुँदै छ भन्ने भेउ पाएर सेयर बिक्री गरेकाहरू सेयर बजारमा नछिर्ने अनि सर्वसाधारण लगानीकर्ताले पनि बिक्री गर्ने अवस्था सिर्जना भयो भने निश्चय नै बियरिस ट्रेण्डमा जाने छ।


प्रकाशित : आइतबार, मंसिर २६ २०७८०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend