शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

सत्ता गठबन्धनको कार्यदलले शीर्ष नेताहरूलाई बुझायो साझा न्यूनतम कार्यक्रम

images
शनिबार, चैत ३ २०८०
images
सत्ता गठबन्धनको कार्यदलले शीर्ष नेताहरूलाई बुझायो साझा न्यूनतम कार्यक्रम

नेकपा एमालेबाट विष्णु पौडेल र विष्णु रिमाल कार्यदलमा छन् भने माओवादीबाट वर्षमान पुन र जनार्दन शर्मा रहेका छन्।

images
images

काठमाडौं- सत्ता गठबन्धनको कार्यदलले तयार पारेको साझा न्यूनतम कार्यक्रम कार्यदलले शीर्ष नेताहरूलाई बुझाएको छ।

images
images
images

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलसहितको कार्यदलले शनिबार बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत सत्ता साझेदारी दलका शीर्ष नेतालाई साझा न्यूनतम कार्यक्रम बुझाएका हुन्।

images
images

कार्यदलमा सत्तामा सहभागी पाँच दलबाट दुई/दुई नेता छन्। नेकपा एमालेबाट पूर्वअर्थमन्त्री समेत रहेका पौडेल र उपमहासचिव विष्णु रिमाल कार्यदलमा छन् भने माओवादीबाट उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा रहेका छन्।

images
images

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति वाग्ले र महासचिव डा मुकुल ढकाल, जसपाबाट केन्द्रीय कार्यकारिणी सदस्यहरू मनिष सुमन र राजेन्द्र श्रेष्ठ तथा नेकपा एसबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल सदस्य छन्।


प्रकाशित : शनिबार, चैत ३ २०८०११:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend