काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।
इन्डियन आयल कर्पोरेसनले शुक्रबार पठाएको नयाँ मूल्यसूचीअनुसार मूल्य समायोजन गरेको निगमले जनाएको छ।
निगमका अनुसार साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोल प्रतिलिटर १ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ घटेको हो।
नयाँ मूल्य शुक्रबार मध्यरातिदेखि लागु हुने निमगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
अब काठमाडौंमा उपभोक्ताका लागि पेट्रोल प्रतिलिटर १ सय ७१ रूपैयाँ र डिजेल तथा मट्टितेल १ सय ५८ रुपैयाँ कायम भएको छ।