शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्‍को निर्णय

images
शुक्रबार, चैत २ २०८०
images
सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्‍को निर्णय

उपप्रधानमन्त्री तथा गृहमन्त्रीलाई बुझाएको प्रतिवेदनको गम्भीर अध्ययन गरी तत्काल कार्यान्वयनको प्रक्रियामा लैजाने निर्णय गरेको हो।

images
images

काठमाडौं- मन्त्रिपरिषद्ले 'सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग, २०८०' को प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ।

images
images
images

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यही चैत १ गते बिहीबार उपप्रधानमन्त्री तथा गृहमन्त्रीलाई बुझाएको प्रतिवेदनको गम्भीर अध्ययन गरी तत्काल कार्यान्वयनको प्रक्रियामा लैजाने निर्णय गरेको हो।

images
images

साथै मन्त्रिपरिषद्‍ले प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीलाई नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागबाट केन्द्रीय अनुसन्धान ब्युरोमा साथै किरण बज्राचार्यलाई केन्द्रीय अनुसन्धान ब्युरोबाट नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागमा सरुवा गर्ने निर्णय पनि गरेको छ। 

images
images


प्रकाशित : शुक्रबार, चैत २ २०८०१९:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend