शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

वित्तीय पहुँच र समावेशिता नहुँदा मिटरब्याजकाे समस्या : सांसद रिजाल

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत २ २०८०
images
वित्तीय पहुँच र समावेशिता नहुँदा मिटरब्याजकाे समस्या : सांसद रिजाल

'आगामी बजेटले वित्तीय क्षेत्रको पहुँच वृद्धि, समानता एवम् समावेशीकरणले प्राथमिकतामा राख्नुपर्छ।'

images
images

काठमाडौं- राष्ट्रियसभाका सदस्य घनश्याम रिजालले वित्तीय पहुँच र समावेशिता नहुँदा मिटरब्याजकाे समस्या बढेकाे बताएका छन्।

images
images
images

शुक्रबार राष्ट्रिय सभामा 'बजेटकाे सिद्वान्त र प्राथमिकता'माथिकाे छलफलमा भाग लिँदै उनले आगामी बजेटले वित्तीय पहुँच र समावेशी बढाउनेतर्फ ध्यान दिनुपर्ने बताएका हुन्। 

images
images

'७५३ वटै पालिकामा वाणिज्य बैंक पुगेका छन्, विकास बैंक र फाइनान्स देशभर छन्, लघुवित्त र सहकारी छन् तर पनि जनता किन मिटरब्याजको पासोमा पर्न बाध्य छन्?' उनले भने,'आगामी बजेटले वित्तीय क्षेत्रको पहुँच वृद्धि, समानता एवम् समावेशीकरणले प्राथमिकतामा राख्नुपर्छ।' 

images
images

यस्तै सांसद रिजालले अघिल्ला वर्षहरूमा बजेटको १५ दिनअघिमात्रै संसदमा प्रिबजेट छलफल गरिने गरेकाे बताए।

'विगतमा बजेट निर्माण नै लगभग सकिइसकेपछि हुने छलफल हुन्थ्याे, कुनै औचित्य नहुने भएपनि थिएन विधि प्रक्रियाका लागि गरिन्थ्यो' उनले भने, 'यस वर्षबाट कानून नै संसोधन गरेर बजेटको तीन महिनाअघि नै संसदमा प्रिबजेट छलफल सुरू भएको छ, यो सुखद पक्ष हो। आशा छ हामी जनप्रतिनिधिले दिएका सुझावहरू आगामी बजेटमा चाहिँ समेटिएको हुने छ।'
 
सांसद रिजालले हाम्रो अर्थतन्त्रको सबैभन्दा ठूलो समस्या उत्पादन बढाउन नसक्नु भएकाे बताए। 'बजेटको दोस्रो प्राथमिकतामा कृषिलाई राखिने भनिएको छ, यो ठीक छ' उनले भने, 'तर अब हामीले कृषि वस्तु उत्पादनमा प्रोत्साहन दिनेमात्रै होइन निश्चित समयावधिसम्म कृषि वस्तुको आयातलाई निरुत्साहित गर्ने नीति लिनुपर्छ।' 


प्रकाशित : शुक्रबार, चैत २ २०८०१६:०७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend