शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

चितवन राष्ट्रिय निकुञ्जमा पश्चिमी क्षेत्रबाट पूर्वी क्षेत्रतर्फ गैँडा स्थानान्तरण सुरु

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत २ २०८०
images
चितवन राष्ट्रिय निकुञ्जमा पश्चिमी क्षेत्रबाट पूर्वी क्षेत्रतर्फ गैँडा स्थानान्तरण सुरु

पछिल्लो गणनाअनुसार नेपालमा ७ सय ५२ गैँडा छन्। जसमध्ये बर्दियामा ३८ र शुक्लाफाँटामा १७ वटा छन्। चितवन राष्ट्रिय निकुञ्जमा ६ सय ९४ र पर्सा राष्ट्रिय निकुञ्जमा तीनवटा गैँडा छन्।

images
images

चितवन- चितवन राष्ट्रिय निकुञ्जले आजदेखि आन्तरिक गैँडा स्थानान्तरणको काम सुरु गरेको छ। नवलपुरको कावासोतीबाट एउटा गैँडा नियन्त्रणमा लिएर कामको शुभारम्भ गरिएको हो। 

images
images
images

निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएपछि यहाँका केही गैँडा निकुञ्जको पूर्वी क्षेत्रमा आन्तरिक रुपमा स्थानान्तरण गर्न लागिएको निकुञ्ज कार्यालयले जनाएको छ। 

images
images

निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज देवचुली नगरपालिकाको महाराजा सामुदायिक वन आसपास बस्दै आएको २८ वर्ष हाराहारीको गैँडा कावासोती नगरपालिका-२ स्थित वनबाट नियन्त्रणमा लिइएको हो। 

images
images

उक्त गैँडा मानव बस्तीमा समेत पस्ने गरेको उनले बताए। उमेर बढी भएकाले यो गैँडालाई निकुञ्जको मुख्यालय कसराबाट पूर्वतर्फ लगेर छाडिने तिवारीले जानकारी दिए। उनका अनुसार निकुञ्जका हात्ती, हात्ती सारे, प्राविधिक जनशक्ति, कर्मचारी, सुरक्षार्थ खटिएको नेपाली सेना र अन्य कर्मचारी गरी ६० जना जनशक्ति गैँडा स्थानान्तरणमा परिचालन भएका छन्। 

निकुञ्जले अहिले छ वटा गैँडालाई आन्तरिक स्थानान्तरण गर्ने तयारी गरेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गठन गरेको अध्ययन टोलीको प्रतिवेदनअनुसार गैँडा स्थानान्तरण गर्न लागिएको हो। स्थानान्तरण गर्दा आठ वर्षदेखि माथिका गैँडालाई गरिने छ। 

गैँडा स्थानान्तरणका लागि दुई साता समय लाग्ने अनुमान गरिएको सूचना अधिकारी तिवारीले बताए। गैँडा स्थानान्तरणपश्चात् पश्चिम र पूर्वका गैँडाको बीचमा संसर्ग भएर प्रजननमा सहयोग पुग्ने अपेक्षा निकुञ्जको छ। 

पछिल्लो गणनाअनुसार नेपालमा ७ सय ५२ गैँडा छन्। जसमध्ये बर्दियामा ३८ र शुक्लाफाँटामा १७ वटा छन्। चितवन राष्ट्रिय निकुञ्जमा ६ सय ९४ र पर्सा राष्ट्रिय निकुञ्जमा तीनवटा गैँडा छन्। 

एकै ठाउँमा धेरै गैँडा हुँदा प्राकृतिक कारणले मर्ने क्रम बढ्ने गर्दछ। घाँसेमैदान र पानीका स्रोत व्यवस्थापन गरी गैँडा पूर्व स्थानान्तरण थालिएको हो। रासस


प्रकाशित : शुक्रबार, चैत २ २०८०१४:१८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend