शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

भारतले माघसम्म एयर बबल नहटाउने

images
आइतबार, मंसिर २६ २०७८
images
images
भारतले माघसम्म एयर बबल नहटाउने

भारतले जनवरी ३१ सम्मका लागि नियमित अन्तर्राष्ट्रिय स्थगनको निर्णय कायमै राख्ने निर्णय गरेको छ। 

images
images

काठमाडौं- भारतीय नागरिक उड्डयन नियामकले नेपालसँगको नियमित उडानमा लागू गरेको एयर बबल अझै एक महिना थप गरेको छ। 

images
images
images

भारतले जनवरी ३१ सम्मका लागि नियमित अन्तर्राष्ट्रिय स्थगनको निर्णय कायमै राख्ने निर्णय गरेको छ। 

भारतको नागरिक उड्डयन नियामकले जारी गरेको परिपत्रमा सन् २०२२ को जनवरीसम्म कायमै हुने उल्लेख गरिएको छ। 

images

कोरोना महामारीको दोस्रो भेरियन्टपछि भारतले नेपालसँगको हवाइ उडानमा एयर बबल सम्झौता गरेको थियो। हालसम्म सोही सम्झौता अनुसार उडान भइरहेका छन्। 

images

यो सम्झौता अनुसार तोकिएका एयरलाइन्सले तोकिएका निश्चित गन्तव्यमा मात्र उडान गर्न पाउँछन्। अहिले काठमाडौं- नयाँ दिल्लीमात्र उडान भइरहेको छ। त्यस्तै नेपाल एयरलाइन्स र एयर इन्डियालेमात्र उडान गरिरहेका छन्। 

निजी व्यवसायीको निमन्त्राणामा भारत भ्रमण गएर फर्किएपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले छिट्टै एयर बबल हट्ने बताएका थिए। त्यसपछि नेपाल सरकारले पत्राचार पनि गरेको थियो। तर भारतले त्यसको कुनै पनि जवाफ हालसम्म दिएको छैन। 


प्रकाशित : आइतबार, मंसिर २६ २०७८०८:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend