बुधबार, माघ २ गते २०८१    
बुधबार, माघ २ २०८१
images
images

कर्जा दुरुपयोगको आरोपमा पक्राउ परेका बैंकर हाजिर जमानीमा छुटे

images
बिहीबार , चैत १ २०८०
images
images
कर्जा दुरुपयोगको आरोपमा पक्राउ परेका बैंकर हाजिर जमानीमा छुटे

आइतबारसम्म थुनामा राख्न पाउने म्याद पाएको भएपनि अनुसन्धान लामो चल्ने भएपछि बैंकरलाई दैनिक हाजिरी जमानीमा थुनामुक्त गरिएको सीआईबीले जनाएको छ।

images
images

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले कर्जा दुरुपयोगको विषयमा अनुसन्धान गर्दै थुनामा राखेको १० जना बैंकर हाजिर जमानीमा थुनामुक्त भएका छन्। 

images
images
images

कर्जा दुरुपयोग गरेको आरोपमा तत्कालीन सेञ्चुरी कर्मसियल बैंकका पूर्वसीईओ, डीसीईओसहित १० जना कर्मचारीलाई गत फागुन १५ गते प्रहरीले पक्राउ गरेको थियो। उनीहरूलाई अनुसन्धानको लागि १७ दिन थुनामा राखेर अहिले हाजिर जमानीमा छाडेको हो। 

images

अदालतबाट आइतबारसम्म थुनामा राख्न पाउने म्याद पाएको भएपनि अनुसन्धान लामो चल्ने भएपछि बैंकरलाई हरेक दिन सीआईबी उपस्थित हुने गरी हाजिरी जमानीमा थुनामुक्त गरिएको सीआईबीले जनाएको छ। 

images
images
images

यस विषयमा प्रहरीले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान गरिरहेको छ।

सीआईबीले देउराली सहकारी संस्थाका सञ्चालक रबिन्द्र चौलागाईंलाई तत्कालीन सेञ्चुरी बैंकले कर्जा दिँदा कर्जा दुरुपयोग गरेको अभियोग लगाउँदै कर्जा प्रवाह प्रक्रियामा संलग्न बैंकका सबै कर्मचारीलाई प्रक्राउ गरेको थियो।


प्रकाशित : बिहीबार , चैत १ २०८०१८:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend