बुधबार, माघ २ गते २०८१    
बुधबार, माघ २ २०८१
images
images

भौतिक पूर्वाधार तथा यातायातमन्त्रीलाई नाडाको २६ बुँदे सुझाव

images
बिहीबार , चैत १ २०८०
images
images
भौतिक पूर्वाधार तथा यातायातमन्त्रीलाई नाडाको २६ बुँदे सुझाव

उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले सो मन्त्रालयसँग सम्बन्धित नाडाको २६ बुँदे सुझावहरु पेश गर्दे त्यसको समुचित सम्बोधन र समाधानका लागि आग्रहसमेत गरेका हुन्।

images
images

काठमाडौं- नाडा अटोमोबाइल्स एसोशिएसन अफ नेपालको प्रतिनिधि मण्डलले उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठसँग छलफल गरेको छ।

images
images
images

बिहीबार नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले मन्त्री महासेठसँग भेटगरी विभिन्न विषयमा छलफल गरेको हो। 

images

उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले मन्त्रालयसँग सम्बन्धित नाडाको २६ बुँदे सुझावहरु पेश गर्दे त्यसको समुचित सम्बोधन र समाधानका लागि आग्रहसमेत गरेका हुन्। 

images
images
images

सो छलफलमा सहभागी भएका नाडाका सचिव विक्रम सिंहानियाले प्रिजेन्टशनमार्फत ती विषयहरुमा जानकारी गराएका थिए। 

छलफलको अन्त्यमा उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री महासेठले सवारी साधनहरुको सीसीको आधारमा इम्बोष्ड नम्बरप्लेट जारी गर्न सकिने बताउँदै प्रदेश तहका समस्याहरु छन् भने प्रदेश सरकारमा नै सुझावहरु राख्न सकिने बताए। 

सोही छलफलको क्रममा उपप्रधानमन्त्री महासेठले मोटरसाइकलको वर्गीकरण सीसीको आधारमा गर्न सकिने भन्दै सवारी साधनहरुको लागि पार्किङको सुविधा सम्बन्धित वडा कार्यालयहरुले गर्ने बताए। सेवाग्राहीलाई सुविधा दिनु पर्ने विषयमा विशेष चासो राख्दै नाडाले राखेका उक्त सुझावहरुका सम्बन्धमा आवश्यक पहल गरिने आश्वासन उनले दिए। 

मन्त्रालयका सचिव केशवकुमार शर्मा तथा विभागका अन्य अधिकारीहरु समेतको उपस्थिति रहेको उक्त छलफलमा नाडाका वरिष्ठ उपाध्यक्ष आकाश गोल्छा, उपाध्यक्ष राजनबाबु श्रेष्ठसमेतको उपस्थिति रहेको थियो।

नाडाले दिएका सुझावहरु

१. सडक मर्मत सम्भार दस्तुर 

२. सवारी साधन कर 

३. सवारी साधनहरु सडकमा गुडे पछि मात्र सवारी कर लाग्ने व्यवस्था 

४. अटोमोवाइल कम्पनीहरुको दर्ता प्रक्रिया 

५. इम्बोष्ड नंम्बर सवारी साधनहरुमा अनिवार्य लागु गर्ने 

६. दुइपांग्रे सवारी साधनहरुलाई अत्यावश्यकीय सवारी साधनको रुपमा लिनु पर्ने 

७.सवारी साधन कर तिर्ने व्यवस्था सहज हुनु पर्ने 

८. नामसारी 

९. करहरुको भुक्तानी अनलाइन मार्फत गर्ने प्रणाली हुनु पर्ने 

१०. जरीवानाको दायरा 

११. सरुवा सहमति

१२. सवारी साधन पैठारीकर्ताहरुको लागि छुट्टै डेस्कको स्थापना 

१३. सेवाग्राहीलाई सुविधा 

१४. रसिदमा एकरुपता हुनु पर्ने 

१५. मोटरसाइकल प्रयोगकर्ता दुवैले हेलमेट लगाउनु पर्ने 

१६. लाइसेन्स वितरण सहज हुनुपर्ने 

१७. दुई पांग्रे सवारी साधनहरुको वर्गीकरण 

१८. सहजीकरणको भूमिका निर्वाह 

१९. उच्चस्तरका सवारी साधनहरुको लागि हरियो स्टिकर दिने प्रक्रीया 

२०. पाकिङस्थलको अभाव 

२१. विशेष आर्थिकक्षेत्र वा औद्योगिक ग्रामको निर्माण 

२२. चारजिङ स्टेसनको निर्माण र विद्युतीय सवारी साधनको व्यवस्था 

२३. सवारी चालक तालिमको व्यवस्था 

२४. अटोमोवाइल वर्कशपहरुमा रोजगारीको व्यवस्था 

२५. अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थल निर्माण 

२६. सिमेण्ट मिक्सरको काम गर्ने सवारीसाधन ट्रान्जिट मिक्स्चरको आयातका सम्बन्धमा सुझावहरु पेश गरेको हो। 


प्रकाशित : बिहीबार , चैत १ २०८०१८:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend