शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पुनर्लेखन गर्नुपर्छ : पूर्वअर्थमन्त्री पौडेल

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत १ २०८०
images
विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पुनर्लेखन गर्नुपर्छ : पूर्वअर्थमन्त्री पौडेल

यसअघिको सत्ता गठबन्धनका तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले उक्त प्राथमिकता पेस गरेकोमा हाल नयाँ अर्थमन्त्री नियुक्त भएको स्थितिमा पनि यसलाई तदअनुरुप बनाउन आग्रह।

images
images

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारका तर्फबाट प्रस्तुत विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले समाजवाद र समृद्धिको बाटो पहिल्याउन नसक्ने खालको भएकाले पुनर्लेखन गर्न आग्रह गरेका छन्।

images
images
images

प्रतिनिधिसभाको आज बिहीबारको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाई आर्थिक मन्दीबाट मुलुकलाई मुक्त गरी रोजगारी र उत्पादन बढाउने ढङ्गले पुनर्लेखन गर्न आग्रह गरेका हुन्।

images
images

यसअघिको सत्ता गठबन्धनका तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले उक्त प्राथमिकता पेस गरेकोमा हाल नयाँ अर्थमन्त्री नियुक्त भएको स्थितिमा पनि यसलाई तदअनुरुप बनाउन उनको आग्रह रहेको छ।

images
images

'सिद्धान्त र प्राथमिकताले संविधानको प्रस्तावनाबमोजिमको समाजवादोन्मुख अवधारणालाई महत्व दिन सकेको छैन। समाजवाद शब्दलाई नै जानबुझेर प्रयोग नगरी पुँजीवाद सोचमा लाने खालको देखिन्छ', नेता पौडेलले भने।

उनले अर्थतन्त्रका सूचकहरू पनि सहीरूपमा नआएको भन्दै लक्ष्यको आधाभन्दा कम आर्थिक वृद्धि हुने स्थिति हुँदा अर्थतन्त्र सुधारमा छ भनिएकोमा असन्तुष्टि व्यक्त गरे। रासस


प्रकाशित : बिहीबार , चैत १ २०८०१७:४०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend