शनिबार, वैशाख २२ गते २०८१    
images
images

खराब कर्जामा लचिलो बन्ने राष्ट्र बैंकको संकेत, सुपरिवेक्षकीय रिपोर्टमा देखाउन थाल्यो 'नेट एनपीएल'

images
images
images
खराब कर्जामा लचिलो बन्ने राष्ट्र बैंकको संकेत, सुपरिवेक्षकीय रिपोर्टमा देखाउन थाल्यो 'नेट एनपीएल'

जसमा वाणिज्य बैंकहरूको प्राथमिक पुँजीकोष, तरलता अनुपात, क्षेत्रगत कर्जा प्रवाह र खराब कर्जा तथ्यांक समावेश गर्दै आएको छ।

images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले वास्तविक खराब कर्जा (नेट एनपीएल) को तथ्यांक सार्वजनिक गर्न थालेको छ। यसअघिसम्म राष्ट्र बैंकले कुल निष्कृय कर्जा मात्रै सार्वजनिक गर्दै आएको छ। 

images
images
images

सुपरिवेक्षण विभागले यसअघि वाणिज्य बैंकहरूको प्रमुख वित्तीय सूचक (केएफआई) रिपोर्टका आधारमा प्रोभिजनिङसम्बन्धी तथ्यांकमा नेट एनपीएल देखाउने गरेको थिएन। यस्तो तथ्यांक राष्ट्र बैंकले वर्षमा चारपटक सार्वजनिक गर्दै आएको छ। 

images

जसमा वाणिज्य बैंकहरूको प्राथमिक पुँजीकोष, तरलता अनुपात, क्षेत्रगत कर्जा प्रवाह र खराब कर्जा तथ्यांक समावेश गर्दै आएको छ। 

images

राष्ट्र बैंकले आफ्नो तथ्यांकमा खराब कर्जाको शीर्षकअन्तर्गत थप एक कोलम थप्दै अन्तर्राष्ट्रिय अभ्यासअनुसार नेट एनपीएल सार्वजनिक गर्न सुरु गरेको हो। यस तथ्यांकको मद्दतबाट राष्ट्र बैंकले बैंकहरूको वास्तविक खराब कर्जा कम रहेको तथ्य देखाउन खोजेको छ।
 
पछिल्लो समय निष्कृय कर्जा (एनपीएल) बढेपनि बैंकहरूको 'नेट एनपीएल' भने कम रहेको तथ्य यसमार्फत राष्ट्र बैंकले देखाउन चाहेको छ। यसरी सुपरिवेक्षकीय शैलीसमेत फेर्ने तयारी देखिएको छ। 

images
images

बैंकहरूले असल कर्जामा अनिवार्यरुपमा १.२५ प्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ। साँवाब्याजको भुक्तानी नाघ्नासाथ कर्जाको प्रोभिजनिङ गर्नुपर्छ। एक महिनाको भाका नाघेमा वाच लिस्टमा राखेर ५ प्रतिशत प्रोजिभनिङ गर्नुपर्ने व्यवस्था रहेको छ। 

यस्तै ३ महिनासम्म कर्जाको किस्ता नउठेमा (एनपीएल) मा गणना गर्ने व्यवस्था रहेको छ। तीन महिनासम्म कर्जाको साँवाब्याज भुक्तानी नभएको कर्जामा २५ प्रतिशत रकम प्रोभिजनिङ गर्नुपर्ने व्यवस्था रहेको छ।

यस्तै ६ महिनासम्म साँवाब्याजको किस्ता नउठेमा ५० प्रतिशत प्रोभिजन र एक वर्षसम्म साँवाब्याजको किस्ता नआए शतप्रतिसत प्रोभिजन गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले एकीकृत निर्देशनमार्फत गरेको छ।

अर्थतन्त्र गति सुस्त हुँदा बैंकहरूको कर्जा प्रवाह तथा असुली प्रभावित हुँदै गएको छ। बैंकिङ प्रणालीमा अधिक तरलता भएपनि कर्जा प्रवाह बढ्न सकेको छैन। फलस्वरुप अर्थतन्त्रले अपेक्षाकृत ढंगबाट गति लिन सकेको छैन। जसले निर्माण तथा आयात लगायतका व्यापार व्यवसाय ठप्प बनाएको छ। जसले बैंकहरूको कर्जाको साँवाब्याज असुली नहुँदा राष्ट्र बैंकले कर्जा पुनर्तालिकीकरण तथा पुनर्संरचनाको सुविधा दिएको छ। 

चालु आर्थिक वर्षको असार मसान्तसम्म १० प्रतिशतसम्म कर्जाको साँवा व्याज भुक्तानी गरेका ऋणीहरूले कर्जाको पुनर्तालिकीकरणको सुविधा पाएका छन्। जसले बैंकहरूको खराब कर्जा कम देखिँदै आएको छ। 

पछिल्लो समय बैंकहरूको खराब कर्जा बढ्दै गएकाले बैंकहरूको लोन लस प्रोभिजनिङ बढिरहेको छ। घरजग्गा कारोबारमा आएको गिरावटका कारण बैंकहरूको लिलामी प्रकृया अबरुद्ध भएको छ। जसले बैंकको गैरबैंकिङ सम्पत्ति बढ्दै गएको छ। 

यसले एकातर्फ बैंकहरूको वितरणयोग्य नाफा घटाएको छ भने अर्कोतर्फ पुँजीकोष घटाएको छ। कतिपय बैंकहरूको वितरणयोग्य नाफा ऋणात्मक हुँदा राष्ट्र बैंकले तोकेको ८.५ प्रतिशत प्राथमिक पुँजीकोष पुर्‍याउन हम्मेहम्मे भइरहेको छ। 

यसै सन्दर्भमा राष्ट्र बैंकले आफ्नो केएफआई रिपोर्टमा नेट एनपीएललाई समावेश गर्नु अर्थपूर्ण ढंगले हेरिएको छ। राष्ट्र बैंकले नेट एनपीएललाई हेरेर राष्ट्र बैंकले निष्कृय कर्जाका प्रावधानहरू खुकुलो बनाउन सक्ने देखिएको छ।

राष्ट्र बैंकका एक अधिकारीले भारतमा तीनवर्ष अवधिमा मात्रै खराब कर्जा बुक गर्ने व्यवस्था रहेकाले भविष्यमा राष्ट्र बैंकले आवश्यक देखेमा नेट एनपीएलका माध्यमबाट कर्जासम्बन्धी नीतिहरू निर्धारण हुनसक्ने संकेत गरे।

'खराब कर्जाका सम्बन्धमा नेपालमा हामी बढी नै परम्परावादी छौँ। भारतमा तीन वर्षमात्रै खराब कर्जा बुक गर्ने प्रचलन छ। नेपालमा एक वर्षमै खराब कर्जा बुक गरिसक्नुपर्छ। एनपीएलका आधारमा हामी अहिले पनि सुविधाजनक अवस्थामा छौँ तर नेट एनपीएलका आधारमा अझै मजबुत रहेको तथ्य हामीले केएफआईमार्फत देखाउन चाहेका हौँ। भविष्यमा आवश्यक पर्‍यो भने यसलाई हेरेर पनि नियमहरू बनाउन सकिन्छ', उनले भने।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपाल बैंक लिमिटेडको निष्कृय कर्जा ४.५ प्रतिशत भएपनि नेट एनपीएल १.७१ प्रतिशत रहेको छ। 

यस अवधिमा ३.९५ प्रतिशत निष्कृय कर्जा रहेको राष्ट्रिय वाणिज्य बैंकको नेट एनपीएल १.२५ प्रतिशत, ३.०२ प्रतिशत निष्कृय कर्जा रहेको रहेको कृषि विकास बैंकको नेट एनपीएल ०.६७ प्रतिशत रहेको राष्ट्र बैंकको उक्त तथ्यांकले देखाएको छ। 

यस्तै ३.८ प्रतिशत निष्कृय कर्जा रहेको नबिल बैंकको नेट एनपीएल १.२० प्रतिशत, ४.७५ प्रतिशत निष्कृय कर्जा रहेको नेपाल इन्भेष्टमेन्ट मेघा बैंकको एनपीएल १.२० प्रतिशत, १.६० रहेको स्टाण्डर्ड चार्टर्ड बैंकको एनपीएल ०.६९ प्रतिशत, ४.९५ प्रतिशत रहेको हिमालयन बैंकको नेट एनपीएल ०.९७ प्रतिशत रहेको छ।

यस्तै २.२९ प्रतिशत खराब कर्जा रहेको नेपाल एसबिआई बैंकको नेट एनपीएल ०.१४ प्रतिशत, ०.७७ प्रतिशत रहेको एभरेष्ट बैंकको नेट एनपीएल ०.२१ प्रतिशत, १.१९ प्रतिशत निष्कृय कर्जा रहेको एनआईसी एसिया बैंकको नेट एनपीएल ०.४५ प्रतिशत रहेको छ। 

यस्तै माछापुच्छ्रे बैंकको निष्कृय कर्जा २.६२ प्रतिशत रहेकोमा नेट एनपीएल १.०३ प्रतिशत, कुमारी बैंकको खराब कर्जा ४.९७ प्रतिशत रहेकोमा नेट एनपीएल ०.६७ प्रतिशत, लक्ष्मी सनराइज बैंकको निष्कृय कर्जा ४.६७ प्रतिशत रहेकोमा नेट एनपीएल १.८४ प्रतिशत, सिद्धार्थ बैंकको खराब कर्जा २.५६ प्रतिशत रहेकोमा यसको नेट एनपीएल १.०४ प्रतिशत रहेको छ।

साथै ४.६८ प्रतिशत निष्कृय कर्जा रहेको ग्लोबल आईएमई बैंकको नेट एनपीएल १.८८ प्रतिशत, ४.०७ प्रतिशत खराब कर्जा रहेको सिटिजन्स बैंकको नेट एनपीएल १.९१ प्रतिशत, ३.९९ प्रतिशत निष्कृय कर्जा रहेको प्राइम कमर्सियल बैंकको नेट एनपीएल ०.९८ प्रतिशत, २.८६ प्रतिशत खराब कर्जा रहेको एनएमबि बैंकको ०.९२ प्रतिशत, ४.९ प्रतिशत निष्कृय कर्जा रहेको प्रभु बैंकको नेट एनपीएल १.८० प्रतिशत र १.७२ प्रतिशत खराब कर्जा रहेको सानिमा बैंकको नेट एनपीएल ०.७५ प्रतिशत रहेको छ। 

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २० वटा वाणिज्य बैंकहरूको निष्कृय कर्जा ३.६३ प्रतिशत भएपनि नेट एनपीएल १.११ प्रतिशत रहेको तथ्यांक केन्द्रीय बैंकले सार्वजनिक गरेको छ। 

images

प्रकाशित : बिहीबार , चैत १ २०८००५:३४

प्रतिक्रिया दिनुहोस