काठमाडौं- नेपाल मुद्रा विप्रेषक संघको अध्यक्षमा चन्द्र टण्डन चयन भएका छन्।
संघको १६औं वार्षिक साधारण सभाले चन्द्र टण्डन ( सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लि.)को अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो।
कार्यसमितिमा रितेश मित्तल उपाध्यक्ष (नेपाल रेमिट ईन्टरनेशनल प्रा.लि.), सञ्जय सिग्देल महासचिव ( सूर्या रेमिट प्रा.लि. ) ईन्द्र प्रसाद शर्मा कोषाध्यक्ष ( आईपे रेमिट प्रा.लि. ) तथा सचिवमा दिपेन्द्र खनाल ईजिलिङ्क रेमिट्यान्स प्रा.लि. चयन हुनुभएको छ । यसैगरी सदस्यतर्फ प्रविन अधिकारी (क्यास वे मनिट्रान्सफर प्रा.लि.), दिवाकर पौडेल ( जिएमई रेमिट प्रा.लि.), सञ्जिव पाठक ए टि टि रेमिट प्रा.लि.), चयन भएका छन्।
त्यस्तै अध्यक्षबाट मनोनित सदस्यमा युमा श्रेष्ठ ( हिमालयन बैंक लि. ) र रामेश्वर सापकोटा (प्रभू मनिट्रान्सफर प्रा.लि. ) रहेका छन्। टन्डन यसअघि उपाध्यक्ष थिए।