शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

बढ्न सकेन घरजग्गा कारोबार, फागुनमा झनै घट्यो

‘लोन टु भ्यालु रेसियो’ नघटाएसम्म चलायमान नहुने व्यवसायीको दाबी

images
बिहीबार , चैत १ २०८०
images
बढ्न सकेन घरजग्गा कारोबार, फागुनमा झनै घट्यो

राष्ट्र बैंकको समीक्षाले घरजग्गा कारोबारको जोखिमभार १५० बाट घटाएर १२५ मा झारेको थियो तर पनि घरजग्गा कारोबार बढ्न भने सकेको छैन।

images
images

काठमाडौं- घरजग्गा कारोबार माघमा भन्दा फागुनमा झनै घटेको छ। माघ महिनामा चालु आर्थिक वर्षकै सबैभन्दा धेरै ५० हजार ९ सय २१ लिखत पास भएकोमा फागुनमा ४९ हजार २ सय ८७ लिखत पास भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जानकारी दिएको छ। 

images
images
images

विभागका अनुसार माघमा भन्दा फागुनमा १ हजार ६ सय ३४ लिखत पास कम भएको हो। लिखत पास गर्ने संख्या घटेपनि राजस्व भने बढेको छ। माघमा ३ अर्ब ३८ करोड रुपैयाँ राजस्व संकलन भएकोमा फागुनमा बढेर ३ अर्ब ९५ करोड रुपैयाँ राजस्व संकलन भएको छ। 

images
images

नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनी अहिलेकै अवस्थामा कारोबार बढ्न मुस्किल रहेको बताउँछन्। ‘अहिले पनि लोन टु भ्यालु रेसियो अझ ५० प्रतिशत राखेसम्म समस्या हुन्छ, ७० प्रतिशत पुर्‍याउनु पर्छ’ अध्यक्ष लोहनीले भने।

images
images

भ्यालु ५० भनेपनि मार्केटको भ्याुल ३० मा आउने गर्दछ जसले समस्या पारेको लोहनी बताउँछन्। यता जोखिमभार पनि १०० प्रतिशतमा ल्याउन सकियो भने बजार चलायमान हुने उनको दाबी छ।

राष्ट्र बैंकको समीक्षाले घरजग्गा कारोबारको जोखिमभार १५० बाट घटाएर १२५ मा झारेको थियो। तर पनि घरजग्गा कारोबार बढ्न भने सकेको छैन।

नेपाल राष्ट्र बैंकका अनुसार बैंकहरूले माघसम्म २ खर्ब ४८ अर्ब रियल स्टेटमा कर्जा प्रवाह गरेका छन् भने २ करोडसम्मका साना कर्जामा २ खर्ब ८१ अर्ब बैंकहरूले लगानी गरेका छन्।  

विभागका अनुसार पुस महिनामा ४५ हजार २ सय ७५ लिखत पारित भएको थियो। असोज महिनामा ४७ हजार ४ सय ९८ वटा किनबेच भएको थियो। विभागको तथ्यांकअनुसार गत साउनमा ३९ हजार २ सय ६३ वटा घरजग्गा किनबेच भएको थियो। त्यसैगरी भदौमा ३५ हजार ६ सय ८६ वटा, असोजमा ४७ हजार ३ सय ९८ वटा घरजग्गा किनबेच भएको थियो। 

साथै कात्तिक महिनामा दसैँतिहारको माहोलले सरकारी कार्यालयहरू बन्द हुँदा २६ हजारमात्रै घरजग्गा किनबेच भएको थियो। मंसिर महिनामा ४१ हजार ८ सय ५१ वटा घरजग्गा किनबेच भएको थियो।


प्रकाशित : बिहीबार , चैत १ २०८०१६:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend