आइतबार, भदौ २३ गते २०८१    
images
images

नबिल र बंगलादेश बैंक मर्जर : आईएफआईसीको सेयर बिनोद चौधरीले खरिद गर्ने लगभग निश्चित

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, मंसिर २७ २०७८
images
images
नबिल र बंगलादेश बैंक मर्जर : आईएफआईसीको सेयर बिनोद चौधरीले खरिद गर्ने लगभग निश्चित
images
images

काठमाडौं- नबिल बैंक र नेपाल बंगलादेश बैंक (एनबी) को मर्जर अन्तिम चरणको छलफलमा प्रवेश गरेको छ। एनबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुंगानासहितको टिम गत साता बंगलादेश गएर मर्जर र आईएफआईसीको सेयर बिक्रीको विषयमा छलफल गरेर नेपाल आएको  थियो। 

images
images
images

आईएफईसीको सेयर खरिद सम्भवतः बिनोद चौधरीले किन्ने लगभग पक्का भएको छ। सीईओ ढुंगानासहितको टोलीले आईएफआईसीको धारणना बुझेर नेपाल आएपछि चौधरीसँग छलफल भएको छ। जसमा चौधरीले उक्त सेयर खरिद गर्नका लागि अन्तिम डिल भइरहेको छ। चौधरीले खरिद गर्ने निश्चित भएपछि बैंक मर्जरको प्रक्रिया पनि स्वत: अगाडि बढ्ने छ। 

एनबीमा रहेको बंगलादेशको आईएफआईसी बैंकको सेयर खरिदमा चौधरीले उक्त सेयरमा एकवर्ष अगाडिदेखि चासो दिएका थिए। जसको लागि राष्ट्र बैंकले समेत ग्रिन सिंग्नल दिइसकेको छ। आईएफआईसीले आफ्ने ४०.८९ प्रतिशत सेयर बिक्रीका लागि ताकेता गरिरहेको छ। चौधरीले आँखा लगाएको उक्त सेयर खरिदमा दुगड समूहले पनि चासो दिएको छ। 

उक्त सेयर बंगलादेशका सञ्चलाकहरूले एनबी समूहका सदस्यलाई नै बिक्री गर्न चाहेका थिए। तर राष्ट्र बैंकले नदिने भएपछि उक्त संस्थापक सेयरमा चौधरीले चासो दिएका थिए। आईएफआईसीको सेयर बिक्रीका लागि बंगलादेशबाट आईएफआईसीको टोलीले एक महिनाकै बीचमा दुई पटक काठमाडौं आएर चौधरीसँग छलफल गरेको थियो। 

images

नबिलसँग डिल हुन नसकेमा मर्जरको प्रक्रिया एनबी बैंकले सनराइजसँग पुन: अगाडि बढाउने छ। सनराइज बैंकका संस्थापक मोती दुगडले पनि उक्त सेयर लिएर सनराइजमा एनबी बैंक गाभ्ने गरी केही वार्ता भने गरेका थिए। 

चौधरीले उक्त सेयर खरिद गरेपछि नबिल बैंक र एनबी बैंकको मर्जको प्रक्रियाका लागि छलफल अगाडि बढ्ने छ। अहिले अन्य मर्जपछि कुनको रेसियो कति हुने भन्ने विषयमा छलफल केन्द्रित हुने छ। अहिले आईएफआईसी बैंकको सेयर खरिद बिक्री नै मुख्य चासो हो।  

बैंकको मर्जरको कुरा आईएफआईसीको सेयरमा अड्किएको छ। उक्त विषय टुंगो लागेपछि दुवै बैंकले आफ्नो सम्पती मूल्यांकन (डिडिए) गराउने छन्। त्यसलगगत्तै सेयर रेसियो लगायत मर्जरको कुरा अगाडि बढ्ने छ। 

बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुंगाना र नबिल बैंकका महाप्रबन्धक मनोज ज्ञवालीलाई संयुक्त प्रस्ताव बनाउन दिइएको छ। उक्त प्रस्ताव तयार भएपछि दुवै बैंकका सञ्चालक समितिले अध्ययन गरेपछि मात्रै बाँकी प्रक्रिया अगाडि बढ्ने छ। 

नेपालमा २७ वणिज्य बैंकमध्ये अब्बल मानिन्छ नबिल बैंक। प्रत्येक सूचकमा अगाडि रहेको नबिलको सेयर खरिद गर्न पनि लगानीकर्ताहरू लालायित नै हुने गरेका छन्।  सोही कारण पनि विगत लामो समयदेखि नबिल बैंकमा गाभिन धेरै बैंकका हल्ला चलाइन्छ। गत वर्ष नेपाल क्रेडिट एण्ड कमर्श बैंक (एनसीसी बैंक) सँग मर्जको हल्ला चलाइएको थियो। एनसीसीसँग पनि नबिलको कुराकानी भएको थियो। मूल्यलगायत धेरै कुरा नमिलेपछि अन्तिम समयमा आएर मर्जर नगर्ने पक्षमा नबिल बैंक पुगेको थियो।

नबिलमा बिनोद चौधरीको बर्चश्व पनि कायम छ। गत वर्ष नबिलसँग मर्जरमा जाने हल्लामा सिभिल बैंकदेखि सेन्चुरी बैंकसमेत रहेका थिए। हल्ला चले पनि खासै प्रक्रिया भने कुनैसँग पनि अगाडि बढेको थिएन। नबिल बैंकले औपचारिक रुपमा कुनै बैंकसँग मर्जर गर्न वा नगर्न लागेको केही बताएको छैन। नबिल बैंकसँग कहिले कुन कहिले कुन बैंक मर्ज हुन लागेको हल्ला चलिरहन्छ। 

बैंकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट लाभांश घोषणा पनि नबिल नै आगाडि देखियो। नबिलले ३८ प्रतिशत लाभांश दिने घोषणा गरिसकेको छ। जुन सबैभन्दा धेरै हो। गत आर्थिक वर्षमा बैंकको लाभांश वितरणयोग्य मुनाफा ४ अर्ब १४ करोड रुपैयाँ छ।


प्रकाशित : सोमबार, मंसिर २७ २०७८०१:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend