शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

धितोपत्र बोर्ड अध्यक्षका लागि १९ जनाको आवेदन

images
बुधबार, फागुन ३० २०८०
images
धितोपत्र बोर्ड अध्यक्षका लागि १९ जनाको आवेदन

आवेदन दिने मध्येबाट सिफारिस समितिले तीनजना उम्मेदवार छनौट गरी अध्यक्षमा नियुक्तिका लागि मन्त्रिपरिषदमा लैजाने छ।

images
images

काठमाडौं- नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि १९ जनाले आवेदन दिएका छन्। गत पुस २० गते रमेशकुमार हमालको कार्यकाल सकिएपछि धितोपत्र बोर्डमा अध्यक्ष पद रिक्त रहेको छ। 

images
images
images

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा सरकारले गठन गरेको सिफारिस समितिले गत फागुन १६ गते धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको थियो। आज बुधबार अन्तिम दिन बेलुका ५ बजेसम्ममा १९ जनाले आवेदन पेश गरेका हुन्। 

images
images

आवेदन बोर्डमा निमित्त प्रमुख डा. नवराज अधिकारी, कार्यकारी निर्देशक कृष्णराज पोख्रेल, कार्यकारी निर्देशन मुक्तिनाथ श्रेष्ठ, तत्कालिन बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईं, नेपाल बैंकका पूर्वसीईओ कृष्णबहादुर अधिकारी, नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्की, बोर्डका पूर्वकार्यकारी निर्देशक नीरज गिरी, डा. गाेपाल प्रसाद भट्टराई, डा. केशवप्रसाद श्रेष्ठ, मुक्ति अर्याल, नेप्सेका पूर्वसीईओ सिताराम थपलिया, बिमल तिवारी, प्रविण पन्दाक, रघु काफ्लेले आवेदन दिएका छन्।

images
images

अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा उनीहरूले गोप्य खामबन्दी आवेदन दिएका हुन्। आवेदन दिने मध्येबाट सिफारिस समितिले तीनजना उम्मेदवार छनौट गरी अध्यक्षमा नियुक्तिका लागि मन्त्रिपरिषदमा लैजाने छ। मन्त्रिपरिषदले एकजनालाई चार वर्षे कार्यकालका लागि धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गर्नेछ।


प्रकाशित : बुधबार, फागुन ३० २०८०१७:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend