बुधबार, माघ २ गते २०८१    
बुधबार, माघ २ २०८१
images
images

निर्माणाधीन सिटीहलको दोस्रोपटक समय थप गरिँदै

images
बुधबार, फागुन ३० २०८०
images
images
निर्माणाधीन सिटीहलको दोस्रोपटक समय थप गरिँदै

बाइपास सडकसँगै चार बिगाहा चार कट्ठा जमिनमा सिटीहल निर्माणको काम भइरहेको छ। अहिलेसम्म ६५ प्रतिशत काम सकिएको छ।

images
images

चितवन- भरतपुर महानगरपालिका-१० जिल्ला समन्वय समिति नजिकै निर्माण सुरु गरिएको सिटीहल निर्माणका लागि पहिलोपटक थप गरिएको समय सकिएको छ। पहिलोपटक थप गरिएको समय यही फागुन १६ गते सकिएको हो। दोस्रोपटक समय थपका लागि पत्राचार गरिएको छ।

images
images
images

सघन सहरी तथा भवन निर्माण आयोजनाका सूचना अधिकारी ई दोर्ण कटुवालका अनुसार विसं २०७७ मङ्सिर १८ गते दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको थियो। सम्झौताअनुसार विसं २०७९ फागुन १७ गते हल निर्माणको काम सम्पन्न हुनुपर्नेमा पहिलोपटक थप गरिएको समयसम्म पनि काम सम्पन्न हुन नसकेको हो।

images

उनले भने, 'अहिलेसम्म निर्माणको काम ६५ प्रतिशत सम्पन्न भएको छ, अब समय थपका लागि प्रक्रिया अघि बढेको छ।' बाइपास सडकसँगै चार बिगाहा चार कट्ठा जमिनमा सिटी हल निर्माणको काम भइरहेको छ। निर्माणका क्रममा रहेको हलमा अहिले ट्रष्ट हाल्ने, भित्री भागको रंगरोगन, बिजुली, पानी जडान गर्नेलगायत काम भइरहेको उनले बताए।

images
images
images

सिटी हलको मुख्य हलमा राखिने ट्रष्टको नक्सांकन परिवर्तन हुदाँ समस्या भएको उनले जानकारी दिए। अहिले नक्सांकन परिवर्तन भएपछि हलमा ट्रष्ट हाल्ने कामसमेत सुरु गरिएको उनले बताए। उनले भने, 'हल निर्माणका लागि पर्याप्त बजेट नभए पनि अहिले नै काम रोकिने अवस्थामा छैन।'

आयोजनाले थप बजेटका लागि विभागमा पत्राचार गरेको उनले जानकारी दिए। बहुवर्षीय आयोजनाअन्तर्गत काम भइरहेको उनले बताए। अहिले भित्री संरचनाको नक्सांकन ‘रिभ्यू’को काम भइरहेको उनले बताए। सिटी हल निर्माणका लागि मूल्य अभिवृद्धि करबाहेक रु ७७ करोड ७७ लाखमा इन्डो सगुन रौताहा जेभीले ठेक्का सम्झौता गरेको छ।
 
सिटी हलमा मुख्य ‘अडिटोरियम ब्लक’मा दुई हजार मान्छे अट्ने सुविधा सम्पन्न सभाहल हुनेछ। सँगै तीन सय क्षमताको ‘कन्फ्रेन्स हल’ रहने छ भने विशिष्ट व्यक्तिका लागि छुट्टै कक्ष हुनेछ। दुई भर्‍याङ र दुई लिफ्ट, प्रवेशद्वार, आकर्षक स्टेज र रिहर्सल कक्ष रहने छन्। मुख्य ब्लक छ हजार पाँच सय वर्गमिटरमा हुनेछ। रासस


प्रकाशित : बुधबार, फागुन ३० २०८०१५:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend