बुधबार, माघ २ गते २०८१    
बुधबार, माघ २ २०८१
images
images

बागलुङमा पहिलोपटक दुनाटपरी उद्योग सञ्चालनमा

images
बुधबार, फागुन ३० २०८०
images
images
बागलुङमा पहिलोपटक दुनाटपरी उद्योग सञ्चालनमा

धार्मिक कार्यका लागि महत्वपूर्ण मानिँदै आएको दुनाटपरी पछिल्लो समय अन्य प्रयोजनमा समेत प्रयोगमा आउन थालेको छ।

images
images

गलकोट- बागलुङ बजारमा पहिलोपटक दुनाटपरी उद्योग सञ्चालनमा ल्याइएको छ। उद्यमशील मगर महिला समूह बागलुङ नगरपालिका-३ शान्तिटोलले मंगलबारदेखि दुनाटपरी उत्पादन गर्न थालेको छ। 

images
images
images

साल तथा कटुसको पातलाई बाँसको सिन्काले उनेर परम्परागत तरिकाबाट बनाउने दुना तथा टपरीलाई आधुनिक ढंगले उत्पादन गर्न थालिएको हो। वनमा खेर गइरहेको सालको पातको सदुपयोग गर्दै दुनाटपरी उद्योग सञ्चालनमा ल्याइएको मगर महिला समूहले जनाएको छ।

images

तीन लाख लागतमा सञ्चालनमा ल्याइएको उद्योगको गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापा र गण्डकी प्रदेशका प्रदेशसभा सदस्य कुसुम बुढाले संयुक्तरुपमा उद्घाटन गरेका थिए।

images
images
images

उद्घाटनपछि मन्त्री थापाले साना तथा घरेलु उद्योगलाई गण्डकी प्रदेश सरकारले प्रोत्साहन गर्ने बताए। उनले महिला समूह मिलेर नेपाली समाजमा अत्यावश्यक रहेको दुनाटपरी उद्योग सञ्चालन ल्याएर आत्मनिर्भरको बाटोमा लागेकामा खुसी व्यक्त गरे।

धार्मिक कार्यका लागि महत्वपूर्ण मानिँदै आएको दुनाटपरी पछिल्लो समय अन्य प्रयोजनमा समेत प्रयोगमा आउन थालेको छ। दुनाटपरी रेष्टुराँमा प्रयोगमा आउन थालेको छ।

२८ जनाको महिला समूहले बंगुरपालन व्यवसाय गर्दै आएकामा गत वर्षको अफ्रिकन स्वाइन फिवरका कारण बंगुर मरेपछि दुना टपरी उद्योग सञ्चालनमा ल्याइएको उद्यमशील मगर महिला समूहका अध्यक्ष बलकुमारी पुनले जानकारी दिइन्। काठमाडौंदेखि दुनाटपरी बनाउने एक लाख ९२ हजार रूपैयाँको औजार खरिद गरेर भाडामा सटर लिएर दुनाटपरी उद्योग सञ्चालनमा ल्याइएको पुनको भनाइ छ। अहिले महिला समूहले दुनाटपरी बनाउनका लागि प्रशिक्षण लिइराखेको उनको भनाइ छ।

'झन्डै २२ लाख रूपैयाँको लगानीमा खोलिएको बंगुरपालन व्यवसायबाट नोक्सानी भयो, महिला समूहले राम्रो आम्दानी गर्दै आएको बंगुरपालन व्यवसाय धराशायी भएपछि अहिले दुनाटपरी उद्योग सञ्चालनमा ल्याएका छौँ, विशेषगरी सालको पातलाई सुकाएर मेसिनमा राख्दा सोझै दुनाटपरी बनेर निस्कन्छ,' पुनले भनिन्, 'बागलुङमा पोखरा र बुटवलबाट दुनाटपरी आयात भएको देखेपछि महिला समूहले सामूहिक रुपमा दुनाटपरी उद्योग सञ्चालनमा ल्याइएको हो, उक्त उपकरणले पाँच थरी साइजका दुनाटपरी बनाउन सक्नेछ।'

महिला समूहकै खर्चले उद्योग सञ्चालनमा ल्याए पनि स्थानीय सरकारले वनमा खेर गएको सालको पात टिप्नका लागि सहजीकरण गर्न आवश्यक रहेको पुनको भनाइ छ। उद्यमशील मगर महिला समूहले १५ लाख रूपैयाँ संघीय सरकारको अनुदान र महिला समूहको सात लाख रूपैयाँ लगानीमा खाल्टेखेतमा बंगुरपालन गर्दै आएको थियो। गत वर्ष अफ्रिकन स्वाइन फिवर महामारीका कारण बंगुर फार्ममा रहेका छ सय बंगुर मरेपछि मगर महिला समूहले यस वर्ष दुनाटपरी उद्योग सञ्चालनमा ल्याएको हो।

बागलुङ बजार आसपासमा खेर गएका सालका पातलाई दुनाटपरी बनाएर बजारमा पठाउन थालिएको छ। पछिल्लो समय सालका पातका दुना तथा टपरीमा रेष्टुराँका परिकार बिक्री गर्न थालिएपछि यसको माग उच्च रहेको र आयातित दुनाटपरीलाई प्रतिस्थापन गर्न दुनाटपरी उद्योग सञ्चालनमा ल्याइएको हो।

दुनाटपरी उद्योगले मगर महिला समूहले रोजगारी पाउने अपेक्षा गरिएको छ। दुनाटपरीलाई दुईदेखि आठ रूपैयाँसम्ममा बजारमा बिक्री गर्न सकिनेछ। बागलुङको भीमगिठेमा यसअघि नै दुनाटपरी उद्योग सञ्चालनमा आएको थियो। रासस


प्रकाशित : बुधबार, फागुन ३० २०८०१३:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend