काठमाडौं- साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँ बढेको छ। शुक्रबार ९२ हजार २ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावालल सुनको मूल्य आइतबारका लागि ९२ हजार ५ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीकाके मूल्य पनि बढेको छ। आइतबार चाँदीको मूल्य तोलामा ५ सय रुपैयाँ बढेको हो। शुक्रबार ११ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबारका लागि ११ सय ९० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।