शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

नेपाल बिजनेस एसोसिएसन कतारकाे प्रमुख सल्लाहकारमा प्रवीण गुरूङ

images
बुधबार, फागुन ३० २०८०
images
नेपाल बिजनेस एसोसिएसन कतारकाे प्रमुख सल्लाहकारमा प्रवीण गुरूङ

करिब २ दशकदेखि कतारमा रहेर विभिन्न व्यवसाय सञ्चालन गरिरहेका गुरूङ यसअघि एक कार्यकाल संघकाे सल्लाहकार रहिसकेका छन्।

images
images

काठमाडौं- नेपाल बिजनेस एसोसिएसन कतारकाे प्रमुख सल्लाहकारमा युवा उद्यमी प्रवीण गुरूङ नियुक्त भएका छन्।

images
images
images

नेपाल व्यवसायी संघको प्रमुख संरक्षकमा कतारस्थित नेपाली राजदूतावासका राजदूत डा. नरेशविक्रम ढकाल र प्रमुख सल्लाहकारमा गैरआवासीय नेपाली संघका उपमहासचिव एवं कतारका सफल व्यवसायी गुरुङ मनोनित भएका हुन्।

images
images

करिब २ दशकदेखि कतारमा रहेर विभिन्न व्यवसाय सफलतापूर्वक सञ्चालन गरिरहेका गुरूङ यसअघि एक कार्यकाल संघकाे सल्लाहकार रहिसकेका छन्। अहिले नियुक्त सल्लाहकारकाे अवधि आगामी ४ वर्ष अर्थात् सन् २०२८ सम्मकाे हुनेछ।

images
images

संघको २०२४-२८ कार्यकालका लागि नवनिर्वाचित कार्यसमितिको दोस्रो पूर्ण बैठकबाट सोही कार्यकालका लागि ढकालको संयोजकत्वमा संरक्षक समिति र गुरुङको संयोजकत्वमा सरल्लाहकार समिति गठन गरिएको हो।

संरक्षक समितिको सदस्यहरुमा डा. देवकाजी डंगोल, बद्रीप्रसाद पाण्डे र समिर मास्के रहेका छन् भने सल्लाहकार सदस्यहरुमा सागर नेपाल, प्रोफेसर मोहम्मद रमजान मिया (कानुनी), ई. अर्जुन भट्टराई, विकास प्रसाई, परशुराम दाहाल, धनबहादुर बलायर र होमनाथ शर्मा छन्।

कतारलाई व्यवसायिक कर्मथलो बनाइ राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्याति प्राप्त व्यक्तित्वहरुलाई समेटेर संरक्षक तथा सल्लाहकार समिति गठन गरको संघले कतार सरकारमा रजिष्ट्रर भई मान्यता प्राप्त पहिलो र एक मात्र सामाजिक संस्थाका रुपमा आफूलाई स्थापित गरेको छ।

नेपाल सरकारसँग समेत एमओयू गरी आधिकारीकता प्राप्त गरेको संघले नेपालमा भएका विभिन्न दैविक प्रकोपलगायत विविध क्षेत्रमा सामाजिक कार्य गर्दै आएको छ भने विभिन्न व्यवसायीक परियोजनासहित दीर्घकालीन योजनाहरुलाई समेत तीव्रता दिएको संघका अध्यक्ष महेन्द्र प्रसाद चम्लागाईँले जानकारी दिए।


प्रकाशित : बुधबार, फागुन ३० २०८०११:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend