बुधबार, माघ २ गते २०८१    
बुधबार, माघ २ २०८१
images
images

आफ्नो ठाउँको पर्यटकीय गन्तव्य ओझेलमा परेपछि स्थानीयले आफै खने बाटो

images
बुधबार, फागुन ३० २०८०
images
images
आफ्नो ठाउँको पर्यटकीय गन्तव्य ओझेलमा परेपछि स्थानीयले आफै खने बाटो

प्राकृतिकरूपमा गुफाको संरचना फरक र आकर्षक भए पनि प्रचारप्रसारको अभाव र आवतजावतका लागि बाटो नभएका कारण सो स्थान ओझेलमा परेको थियो।

images
images

कटारी- उदयपुरको कटारी नगरपालिका-१ खसिबास गाउँबाट दक्षिण चुरे जंगल क्षेत्रमा झरनामुनि रहेको जगदेश्वरी महादेव गुफा पुग्न स्थानीयले जनश्रमदानबाटै बाटो निर्माण गरेका छन्। प्राकृतिकरूपमा गुफाको संरचना फरक र आकर्षक भए पनि प्रचार-प्रसारको अभाव र आवतजावतका लागि बाटो नभएका कारण सो स्थान ओझेलमा परेको थियो।

images
images
images

खसिबास गाउँबाट गुफा पुग्न करिब दुई घण्टा पैदल हिँड्नुपर्छ। वनक्षेत्र र पहाडी जंगलका कारण समस्या भएपछि स्थानीयले श्रमदानबाट आवतजावत गर्न बाटो बनाएका हुन्। यसका लागि पञ्चावती मावि खसिबासका पूर्वप्रधानाध्यापक ज्ञानबहादुर तामाङले नेतृत्व लिएका थिए।

images

चालिस वर्ष शिक्षण पेसामा संलग्न भई अवकाश लिएका उनलाई झन्डै तीन महिना जनश्रमदानका लागि स्थानीय लासाङ तामाङसँगै स्थानीयवासीले सहयोग गरेका थिए। 'दुई दाजुभाइ र गाउँलेले झन्डै तीन महिना बाटो खन्यौँ', उनले भने, 'आफ्नो ठाउँको मन्दिर ओझेलमा परेपछि यसको विकासका लागि आफै लागेर बाटो खनेका हौँ।'

images
images
images

गाउँलेको श्रमदानबाट निर्माण गरिएको बाटोमा अहिले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत पनि १० जनाले सय दिनको काम गरिरहेका छन्। कटारी-१ का वडाध्यक्ष पदमलाल मगरले भने, 'उक्त गुफा नगरकै पर्यटनको सम्भावना बाकेको गुफा हो।'

यहाँ पुग्नका लागि सिद्धिचरण राजमार्गको कटारी-२ स्थित गुराँस र कटारी-३ को हडैँयाबाट सवारीसाधनमा खसिबासको बाँगेबजारसम्म जानुपर्दछ। बाँगेबजारबाट भने पैदल हिँडेर यस गुफामा पुग्न सकिन्छ। अहिले खसिबास स्थानीयले पूर्वशिक्षक तामाङकै नेतृत्वमा श्रमदानबाट खसिबासबाट वडाकै वेलसोत जाने बाटो खनिरहेका छन्। जंगलको बीचमा रहेको गाउँबाट अन्यत्र जानसमेत समस्या भएपछि गाउँलेहरूले श्रमदानबाट बाटो बनाउन थालेका हुन्। रासस


प्रकाशित : बुधबार, फागुन ३० २०८०११:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend