शुक्रबार, चैत २९ गते २०८१    
शुक्रबार, चैत २९ २०८१
images
images

उच्च बिन्दुबाट ओरालो लाग्यो सुनको मूल्य, एकैदिन एकहजारले घट्यो

images
बुधबार, फागुन ३० २०८०
images
images
उच्च बिन्दुबाट ओरालो लाग्यो सुनको मूल्य, एकैदिन एकहजारले घट्यो

बुधबार सुनको मूल्य प्रतितोला एक हजार रूपैयाँले घटेको छ भने चाँदी प्रतितोला २० रूपैयाँले सस्तिएको छ।

images
images

काठमाडौं- बुधबार सुनचाँदीको मूल्य घटेको छ। लगातार दुईदिन उच्च बिन्दुमै स्थिर रहेको सुनको मूल्य बुधबार प्रतितोला एक हजार रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

images
images

महासंघका अनुसार बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख २५ हजार रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २४ हजार चारसय रूपैयाँ कायम छ। 

images
images

मंगलबार तोलामा १० रूपैयाँले बढेको चाँदीको मूल्य बुधबार प्रतितोला २० रूपैयाँले घटेको छ। चाँदी आज नेपाली बजारमा प्रतितोला एक हजार चारसय ६५ रूपैयाँमा कारोबार भइरहेको छ।

images
images


प्रकाशित : बुधबार, फागुन ३० २०८०११:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend