शनिबार, वैशाख २२ गते २०८१    
images
images

बगरखेतीमा आकर्षित हुँदै राप्तीसोनारीका किसान

images
images
images
बगरखेतीमा आकर्षित हुँदै राप्तीसोनारीका किसान

गाउँमा उत्पादन भएको तरकारी उचित मूल्यमा गाउँमै खपत हुने गरेको किसान बताउँछन्। बगरखेतीतर्फ किसानलाई आकर्षित गर्न गाउँपालिकाले अनुदान कार्यक्रम सञ्चालन गरिरहेको छ।

images
images

राँझा- बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसान बगरखेतीतर्फ आकर्षित भएका छन्। राप्ती नदीको डुबान र कटानबाट प्रभावित राप्ती सोनारी-५ बिनौना ललहीवासीले सामूहिक बगरखेती गर्दै आएका हुन्। उनीहरू बगरखेती गरेर आर्थिक उपार्जनमा जोडिएका छन्। 

images
images
images

विगतमा निर्वाहमुखी खेती गर्दै आए पनि अहिले व्यावसायिकरूपमै बगरखेती गर्न आफूहरू लागिपरेको ललही बगरखेती समूहका अध्यक्ष टेकराज थारूले बताए। 'पहिला थोरै थोरै खेती गर्ने गरेका थियौँ, अहिले सामूहिक र व्यक्तिगतरूपमा बगरखेती गर्न लागिपरेका छौँ', उनले भने, 'अहिले तर्बुज, खर्बुज र लहरे तरकारी लौका, घिरौला काँक्रालगायतका तरकारी रोपेका छौँ।'

images

राप्ती सोनारी-५ बिनौनास्थित ललहीवासीले सामूहिक बगरखेती गर्न थारूको अध्यक्षतामा १६ सदस्यीय ललही बगरखेती समूह गठन गरेका छन्। सामूहिकरूपमा खेती गर्दा सबै कुरामा सहज र रमाइलो हुने गरेको समूहकी सचिव सीता चौधरीले बताए। समूह गठन भएपछि गाउँका सबैजसो दाजुभाइ तथा दिदीबहिनीले खेर गइरहेको बगरमा खेती गर्नेतर्फ चासो दिन थालेको उनको भनाइ छ।

images

समूहका अध्यक्ष थारुले पहिलादेखि नै व्यावसायिकरूपमा बगरमा तर्बुजलगायत तरकारीखेती फलाउँदै आएका छन्। उनले गाउँमा उत्पादन भएको तरकारी उचित मूल्यमा गाउँमै खपत हुने गरेको बताए। राप्ती सोनारी-१ जरुवा निवासी मानबहादुर रानामगरले पनि बगरखेती गर्दै आएका छन्। नदीले कटान गरेको बगरमा तरकारी फल्न थालेपछि अहिले गाउँका अन्य साथीभाइसमेत बगरखेतीतर्फ आकर्षित भएको उनले बताए।

images
images

राप्ती सोनारी गाउँपालिकाले किसानलाई बगरखेतीतर्फ आकर्षित गर्न अनुदान कार्यक्रम ल्याएको छ। बगरखेती गर्ने किसानलाई पाँच लाख रूपैयाँसम्मको अनुदान दिने कार्यक्रम रहेको गाउँपालिका कृषि शाखा प्रमुख चन्दाकुमारी शाहीले बताइन्। यस वर्ष राप्ती सोनारी-५ बिनौनास्थित ललही बगरखेती समूह र वडा नं १ का बगरखेती किसान मानबहादर रानामगरलाई पाँच लाख रूपैयाँ बराबरको अनुदानको सम्झौता गरिएको उनले जानकारी दिइन्।

बगरखेतीतर्फ किसानलाई आकर्षित गर्न अनुदान कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले बताइन्। उनले बगरखेती किसानले उत्पादन गरेको कृषि उपज बजारीकरण गर्न गाउँपालिकाले आवश्यक पहल गर्ने उल्लेख गरिन्। रासस

images

प्रकाशित : बुधबार, फागुन ३० २०८०११:००

प्रतिक्रिया दिनुहोस