शुक्रबार, वैशाख २१ गते २०८१    
images
images

चैतमा पनि घट्यो निक्षेपको ब्याजदर; संस्थागत मुद्दतीलाई प्रोत्साहन, साधारण बचतकर्ताले ३ प्रतिशतसम्म पाउने

images
images
images
चैतमा पनि घट्यो निक्षेपको ब्याजदर; संस्थागत मुद्दतीलाई प्रोत्साहन, साधारण बचतकर्ताले ३ प्रतिशतसम्म पाउने

केही बैंकहरुको पुँजीकोषमा समस्या भएको र केही बैंकहरुमा कर्जाको माग नभएकाले कर्जा प्रवाह बढ्न सकेको छैन।

images
images

काठमाडौं- चैत महिनामा लागि बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर सार्वजनिक गरेका छन्। हालसम्म सूचना प्रकाशन गरेका अधिकांश वाणिज्य बैंकहरुले व्याजदर घटाएका छन्।

images
images
images

बैंकिङ प्रणालीमा करिब ६ खर्ब १५ अर्बको हाराहारीमा लगानीयोग्य रकम भएपनि कर्जा प्रवाह न्यून भएपछि बैंकहरुले निक्षेपको व्याजदर धमाधम घटाइरहेका छन्। 

images

अर्थतन्त्रमा माग नबढ्दा बैंकिङ प्रणालीबाट कर्जा प्रवाह बढ्न सकेको छैन। बैंकहरुको नाफा ऋणात्मक हुन थालेको छ भने गैर बैंकिङ सम्पत्ति बढ्न थालेको छ।

images

बैंकहरुले पत्रपत्रिकाहरुमा धितो निलामीको सूचना धमाधम प्रकाशन गरिरहेका छन्। महँगो ब्याजदरमा निक्षेप उठाएर लागत बढाउनुभन्दा ब्याजदर घटाउनेतर्फ बैंकहरु लागेका छन्। 

images
images

केही बैंकहरुको पुँजीकोषमा समस्या भएको र केही बैंकहरुमा कर्जाको माग नभएकाले कर्जा प्रवाह बढ्न सकेको छैन। 

हालसम्म बैंकहरुले प्रकाशन गरेको व्याजदरअनुसार साधारण निक्षेप र मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। राष्ट्र बैंकले दोस्रो त्रैमासमा गरेको मौद्रिक समीक्षनुसार संस्थागत मुद्दती निक्षेपको ब्याजदर निर्धारण गरेका छन्।

विगतमा संस्थागत मुद्दती निक्षेपको ब्याजदर अन्तर २ प्रतिशत कायम गरेकोमा चैतबाट १ प्रतिशतले अन्तर कायम गरेका छन्। यसले मुद्दती निक्षेपको ब्याजदर फागुनको तुलनामा बढेको छ। 

नेपाल बैंक लिमिटेडले चैतका लागि पनि ब्याजदर घटाएको छ। साधारण वचतको ब्याजदर ३.४० प्रतिशतदेखि ५.४ प्रतिशतसम्म ब्याजदर तोकेको यस बैंकले १ वर्ष अवधिसम्मको मुद्दती निक्षेपमाको ब्याजदर ६ प्रतिशत तोकेको छ। १ वर्षभन्दा बढी अवधिको मुद्दती निक्षेपको ब्याजदर ७ प्रतिशत तोकेको छ भने राष्ट्र बैंकको नयाँ प्रावधाननुसार संस्थागत मुद्दती निक्षेपको ब्याजदर ५ प्रतिशत कायम गरेको छ। 

नेपाल बैंक लिमिटेडले माघ महिनामा साधारण मुद्दती निक्षेपको ब्याजदर ७.२५ प्रतिशत दिएको थियो। 

लक्ष्मी सनराइज बैंकले पनि साधारण निक्षेपको ब्याजदर घटाएको छ। यस बैंकले चैतमा साधारण निक्षेपमा ३.५० प्रतिशतदेखि ६.५० प्रतिशतसम्म ब्याज दिने भएको छ।

यस बैंकले ३ महिनादेखि १ वर्षसम्मको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ७ प्रतिशत तोकेको छ भने १ वर्षभन्दा बढी अवधिको मुद्दती निक्षेपको ब्याजदर ७.५० प्रतिशत कायम गरेको छ। यस्तै संस्थात मुद्दती निक्षेपमा ६ प्रतिशतदेखि ६.५ प्रतिशत र व्यक्तिगत रेमिट्यान्स मुद्दतीमा ८ प्रतिशत ब्याज दिने भएको छ। 

प्रभु बैंकले पनि चैतका लागि निक्षेपको ब्याजदर घटाएको छ। यस बैंकले चैतमा साधारण निक्षेपमा ३ प्रतिशतदेखि ६ प्रतिशत ब्याज दिने भएको छ। यस बैंकले १ वर्षसम्मको साधारण निक्षेपको ब्याजदर ६.५ प्रतिशत र सोभन्दा बढी अवधिको ब्याजदर ७.५ प्रतिशत कायम गरेको छ। 

माघ महिनामा यस बैंकले अधिकतम ब्याजदर ७.५ प्रतिशत कायम गरेको थियो।

कुमारी बैंकले फागुनमा मुद्दती निक्षेपको ब्याजदर अधिकतम ८.०१ प्रतिशत कायम गरेकोमा चैतमा महिनामा यस ७.५१ व्रतिशत कायम गरेको छ। यस बैंकले चैतमा साधारण निक्षेपको ब्याजदर ३.७६ प्रतिशतदेखि ५.७६ प्रतिशत कायम गरेको छ। साधारण मुद्दती निक्षेपतर्फ ३ महिनासम्मको ब्याजदर ६.१० प्रतिशत, ३ भन्दा बढी अवधिकको मुद्दती निक्षेपको ब्याजदर ६.५१ प्रतिशत र १ वर्ष भन्दा बढी अवधिको मुद्दती निक्षेपको ब्याजदर ७.५१ प्रतिशत कायम गरेको छ।

कृषि विकास बैंकले पनि चैतमा निक्षेपको ब्याजदर घटाउँदै लगेको छ। यस बैंकले साधारण वचतमा ३ प्रतिशतदेखि ५.७६ प्रतिशतसम्म ब्याजदर दिने घोषणा गरेको छ। यस बैंकले साधारण वचततर्फ ४.२५५१ देखि ५.६६१ प्रतिशत व्याजदर तोकेको छ। संस्थागत मुद्दती निक्षेपको ब्याजदर ४.०१ प्रतिशतदेखि ४.५१ प्रतिशत ब्याज दिने घोषणा यस बैंकले गरेको छ।

यस्तै नविल बैंकले पनि चैत महिनाका लागि ब्याजदर घटाएको छ। यस बैंकले पनि साधारण निक्षेपको ब्याजदर ३.७५ प्रतिशत देखि ६.७५ प्रतिशतसम्म कायम गरेको छ। 

यस बैंकले ३ भन्दा बढी १ वर्षसम्मको अवधिको मुद्दती निक्षेपमा ६.२५ प्रतिशत र सोभन्दा बढी अवधिको मुद्दती निक्षेपमा ७.२५ प्रतिशत ब्याजदर दिने भएको छ। नविल बैंकले फागुनमामा अधिकत मुद्दती निक्षेपको ब्याजदर ७.७५ प्रतिशत कायम गरेको थियो।

यस्तै, सानिमा बैंकले ७.२५ प्रतिशत, ग्लोवल आइएमई बैंकले ७.६ प्रतिशत, एभरेष्ट बैंकले ६.५० प्रतिशत, सिद्धार्थ बैंकले ७.५ प्रतिशत, नेपाल एसविआई बैंकले ७.०१ प्रतिशत, हिमालयन बैंकले ७.५ र सिटिजन्स बैंकले ७.६ प्रतिशत अधिकतम मुद्दती निक्षेपको ब्याजदर तोकेको छ। 

एनआईसी एसिया बैंकले भने फागुन महिनाको तुलनामा चैतमा ब्याजजदर बढाएको छ। यस बैंकले फागुनमा अधिकतम मुद्दती निक्षेपको ब्याजदर ८ प्रतिशत कायम गरेकोमा चैतमा बढाएर ८.५४८ प्रतिशत पुर्याएको छ।

images

प्रकाशित : बुधबार, फागुन ३० २०८००८:३५

प्रतिक्रिया दिनुहोस