काठमाडौं- सरकारले ललितपुरको लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ।
लामो समयदेखि सदस्यहरूको बचत फिर्ता फिर्ता नगरेको भन्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले उक्त संस्थालाई समस्याग्रस्त घोषणा गरेको हो।
सहकारी ऐन २०७४ को दफा १०४ को उपदफा १ को क देखि च सम्मको अवस्था विद्यमान रहेको भन्दै सहकारी विभागको प्रस्तावमा समस्याग्रस्त घोषणा गरिएको हो।
संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तान सम्बन्धि कार्य गर्नका लागि सहकारी व्यवस्थापन समितिमा पठाइएको छ।