शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

बेलौरीमा १८ करोड लागतमा फोहर पानी प्रशोधनसहितको ढल निर्माण हुँदै

images
मंगलबार, फागुन २९ २०८०
images
बेलौरीमा १८ करोड लागतमा फोहर पानी प्रशोधनसहितको ढल निर्माण हुँदै

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको १८ करोड रूपैयाँको लागतमा बेलौरी बजार क्षेत्रमा प्रशोधनसहितको ढल निर्माण सुरु गरिएको हो।

images
images

कञ्चनपुर- बेलौरी नगरपालिकामा फोहर पानी प्रशोधनसहितको ढल निर्माण अगाडि बढाइएको छ। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको १८ करोड रूपैयाँको लागतमा बेलौरी बजार क्षेत्रमा प्रशोधनसहितको ढल निर्माण सुरु गरिएको हो।

images
images
images

बेलौरी बजारको नौ किलोमिटर क्षेत्रमा ढल निर्माण भइरहेको नगर प्रमुख पोतिलाल चौधरीले बताए। 'ढल निर्माणका लागि ड्रेन निर्माण भइरहेको छ, ढल निर्माणपछि त्यसमा पाइप राख्छौँ', उनले भने, 'ढलको पानी पाइपमार्फत प्रशोधन केन्द्रसम्म पुर्‍याउछौँ।' बजार क्षेत्रको प्रदूषित पानी मेसिनको सहायताले प्रशोधन गरिने उनले बताए।

images
images

प्रशोधन केन्द्र निर्माणका लागि एककठ्ठा जग्गा व्यवस्थापन गरिएको उनले बताए। ढल निर्माणसँगै प्रशोधन केन्द्रमा मेसिन राख्ने काम भइरहेको उनको भनाइ छ। 'ढलमै पाइप राखिने भएकाले पानी सिधैँ प्रशोधन केन्द्रमा पुग्छ', उनले भने। रासस

images
images


प्रकाशित : मंगलबार, फागुन २९ २०८०१६:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend