शुक्रबार, वैशाख ७ गते २०८१    
images
images

अवैध रूपमा सुन भित्र्याउने क्रम रोकिएन, तीन पक्राउ

images
images
अवैध रूपमा सुन भित्र्याउने क्रम रोकिएन, तीन पक्राउ
images
images

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा सुन भित्र्याउने क्रम अझै रोकिएको छैन। प्रहरीले हप्तापिच्छे नै विमानस्थलबाट सुनसहित मानिस पक्राउ गर्दै आएको छ। 

images
images
images

सोहीक्रममा हालैमात्र दुबईबाट काठमाडौं आएका भारतीय नागरिकले अवैध रुपमा सुन भित्र्याएको पाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

images

भारत घर भएका ३१ वर्षीय सत्यम हुसेन सेजु अबुबाकरलाई अवैध रूपमा काठमाडौं ल्याएको ९०५ ग्राम  सुनसहित पक्राउ गरेपछि उक्त रहस्य खुलेको हो। उनीसँगको सोधपुछको आधारमा अर्का एक जनालाई पनि पक्राउ गरिएको प्रहरीले  जानकारी दिएको छ ।
 
अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ क्षेत्रमा उनको गतिविधि शंकास्पद देखिएपछि नियन्त्रणमा लिइ परीक्षणको लागि अस्पताल लैजाने क्रममा उनको मलद्वारनजिक कालो रङको चिल्लो रबर जस्तो देखिने वस्तुले बेरेको अवस्थामा उक्त सुन फेला परेको थियो।

images

प्रारम्भिक सोधपुछको क्रममा उक्त सुन ल्याउन भारतीय नागरिक ३५ वर्षीय कादर इब्राहिमको सङ्लग्नता रहेको खुल्न आएपछि उनलाई समेत पक्राउ गरी कारवाही थालिएको छ।

images
images

यसैगरी जजिरा एयरको उडानद्वारा दुबईबाट कुवेत हुँदै काठमाडौँ आएका भारतीय नागरिक ५० वर्षीय सिराज मदापाट बापुट्टेलाई भन्सार छली अवैध रूपमा ल्याएको ३४९ ग्राम सुनसहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गुण एयरलाइन्सद्वारा सिमरा जाने क्रममा उनले बोकेको झोला एक्स-रे जाँच गर्दा उक्त धातु फेला पारेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरूलाई बरामद धातुसहित आवश्यक अनुसन्धान एवं कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । रासस

images

प्रकाशित : शनिबार, मंसिर २५ २०७८०१:५२

प्रतिक्रिया दिनुहोस