शनिबार, वैशाख १५ गते २०८१    
images
images

९ वाणिज्य बैंकको सेयर ३ सयभन्दा कम, लगानीकर्तालाई बन्न सक्छ कमाउने अवसर

images
images
images
९ वाणिज्य बैंकको सेयर ३ सयभन्दा कम, लगानीकर्तालाई बन्न सक्छ कमाउने अवसर
images
images

काठमाडौं- मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षापछिको दुई साताकै कारोबारमा बजार २ सय ८१ अंकले गिरावट आइसेको छ।

images
images
images

मौद्रिक नीतिको समीक्षा अगाडिसम्म बजार २७३१.७८ अंकमा बजार रोकिएको थियो। तर मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा पछि बजार निरन्तर रुपमा घटेर २४४९.९७ मा आइपुगको छ। 

images

बजार घट्दा त्यसको प्रभाव क वर्गको वाणिज्य बैंकहरुको सेयरमा समेत परेको छ। बजार घट्ने क्रम अब विस्तारै रोकिने विश्लेषकहरुको भनाइकै आधार अब बजार विस्तार बढ्ने आकलन गर्न सकिन्छ।

images

यस्तो अवस्थामा लगानीकर्ताले ३ सय रुपैयाँभन्दा तल झरेको वाणिज्य बैंकहरुको सेयर खरिद गर्दा नाफा कमाउने अवसर बन्ने विश्लेषकहरुको दाबी छ।

images
images

सेयर विश्लेषक छोटेलाल रौनियार पनि यो समय लगानी गर्नका लागि उपयुक्त समय भएको बताइरहेको छन्। यो समयमा लगानी गर्ने लगानीकर्ताले शतप्रतिशतसम्म नाफा आर्जन गर्ने सक्ने विश्लेषकहरुको भनाइ छ।

त्यसमा पनि वाणिज्य बैंकहरुमा लगानी गर्दा कम जोखिम हुन्छ। अन्य वर्गको तुलनामा वाणिज्य बैंकहरुको सेयर अब बिस्तारै बढ्ने आकलन पनि भइरहेका छ।

२७ वटा वाणिज्य बैंकहरु मध्ये अहिले ९ वटा वाणिज्य बैंकहरुको सेयर ३ सय सय रुपैयाँभन्दा कम मूल्यमा झरेको छ। त्यसमा पनि कतिपयको लाभांश पारित हुन पनि बाँकी रहेको छ। यसले गर्दा पनि ३ सयभन्दा तल झरेको वाणिज्य बैंकहरुको सेयरमा लगानी गर्नेका लागि यो समय अवसर बन्न सक्छ।

प्रतिसेयर मूल्य ३ सय रुपैयाँभन्दा कम भएका वाणिज्य

बैंक अफ काठमाडौं- २६२.५०

सेन्चुरी कमर्सियल बैंक- २२४.५०

सिटिजन बैंक- २६९

सिभिल बैंक- २४१

लक्ष्मी बैंक- २९२

माछापुच्छ्रे बैंक- २९३

मेगा बैंक- २६८

एनसीसी बैंक- २७५

सनराइज बैंक- २८०

यसबाहेक प्रतिसेयर मूल्य ३ सयभन्दा कम भएको कम्पनी नेपाल इन्फ्रास्ट्रक्चर बैंक पनि हो। यसको मूल्य ७ सय रुपैयाँभन्दा माथि पुगेको थियो। अहिले यसको मूल्य घटेर २९६ रुपैयाँमा आइसेको छ।

images

प्रकाशित : शनिबार, मंसिर २५ २०७८०१:४६

प्रतिक्रिया दिनुहोस