बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

भारतीय कम्पनीसँग अन्त:शुल्क स्टिकर ठेक्का सम्झौता नगर्न सर्वोच्चको आदेश

फेरि गोलचक्करमा फस्यो अन्तःशुल्क स्टिकर खरिद 

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, भदौ २३ २०७८
भारतीय कम्पनीसँग अन्त:शुल्क स्टिकर ठेक्का सम्झौता नगर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले अन्त:शुल्क स्टिकर खरिदको ठेक्का सम्झौता रोक्न आन्तरिक राजस्व विभागलाई अन्तरकालीन अन्तरिम आदेश दिएको छ।

काठमाडौं - सर्वोच्च अदालतले अन्त:शुल्क स्टिकर खरिदको ठेक्का सम्झौता रोक्न आन्तरिक राजस्व विभागलाई अन्तरकालीन अन्तरिम आदेश दिएको छ। 

विभागले प्रतिस्पर्धाबाट छनौट भएको मद्रास सेक्युरिटी प्रिन्टर्ससँग सम्झौता गर्न लागेका बेला सर्वोच्चले प्रक्रिया अघि नबढाउन आदेश दिएको हो।

मिराज प्रिन्टिङ सोलुसन्सका तर्फबाट दायर रिटमाथिको प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश नहकुल सुवेदीको इजलासले खरिद अघि नबढाउन भनेको हो। सोमबार पेशी चढे पनि सुनुवाइ भएको थिएन। 

विभागले १ करोड ८ लाख डलरमा मद्राससँग सम्झौताको तयारी गरेको थियो। मद्रासलाई सम्पर्कमा आउन सार्वजनिक सूचना जारी भएपछि मिराजले मुद्दा हालेको थियो। 


प्रकाशित : बुधबार, भदौ २३ २०७८१२:४१
  • सम्बन्धित विषय:

  • # अन्त:शुल्क स्टिकर
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend