शनिबार, साउन १२ गते २०८१    
images
images
images

रोजगारीका लागिमात्रै दैनिक बाहिरिन्छन् १ हजार ९ सय २२ युवा

images
आइतबार, फागुन २७ २०८०
images
images
रोजगारीका लागिमात्रै दैनिक बाहिरिन्छन् १ हजार ९ सय २२ युवा
images

काठमाडौं- वैदेशिक रोजगार विभागका अनुसार वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जाने युवाको संख्या दैनिक १ हजार ९ सय २२ जना रहेको छ।

images
images

विभागले नेपाल राष्ट्र बैंकलाई उपलब्ध गराएको तथ्यांकअनुसार चालु आवको ७ महिनामा वैदेशिक रोजगारीमा जानका लागि अन्तिम श्रम स्वीकृति लिने युवाको संख्या ४ लाख ५ हजार ५ सय ५२ रहेको छ।

images

जसमा नयाँ कामको लागि जाने युवाको संख्या २ लाख ४७ हजार १२ र बिदामा नेपाल आएर पुन: रोजगारीका लागि जाने युवाको संख्या १ लाख ५८ हजार ५ सय ४० जना रहेका छन्। 

चालु आवको ७ महिनामा रोजगारीका लागि जाने युवाको संख्या गत आव २०७९/०८० को सोही अवधिका भन्दा कम हो।

images

गत आवको सोही अवधिमा वैदेशिक रोजगारीका लागि जाने युवाको संख्या ४ लाख ८२ हजार ४ सय ७५ रहेको थियो। जसमा नयाँ कामका लागि जानेको संख्या ३ लाख १४ हजार ७ सय ६७ र बिदामा आइ पुन: जानेको संख्या १ लाख ६७ हजार ७ सय ८ रहेको थियो। 

गत आवको ७ महिनाको तुलनामा चालु आवको सोही अवधिमा वैदेशिक रोजगारीका लागि जाने युवाको संख्या ७६ हजार ९ सय २३ जनाले कम हो।


प्रकाशित : आइतबार, फागुन २७ २०८०१५:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend