शुक्रबार, चैत २९ गते २०८१    
शुक्रबार, चैत २९ २०८१
images
images

प्रतितोला एक लाख २६ हजार पुग्यो सुनको मूल्य

images
आइतबार, फागुन २७ २०८०
images
images
प्रतितोला एक लाख २६ हजार पुग्यो सुनको मूल्य

चाँदी आज प्रतितोला एक हजार चारसय ७५ रूपैयाँमा कारोबार भइरहेको छ भने सुनको मूल्य प्रतितोला एक हजार रूपैयाँले वृद्धि भएको छ।

images
images

काठमाडौं- आइतबार सुनको मूल्य प्रतितोला एक हजार र चाँदीको मूल्य प्रतितोला पाँच रूपैयाँले बढेको छ।

images
images

आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख २६ हजार रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २५ हजार चारसय रूपैयाँ कायम छ, जुन हालसम्मकै उच्च हो। 

images
images

अघिल्लो साता मंगलबारयता सुनको मूल्य लगातार कीर्तिमानी बिन्दुमा पुगेको थियो। बिहीबार उच्च मूल्य प्रतितोला एक लाख २५ हजार रूपैयाँमा कारोबार भएको थियो। शुक्रबार भने स्थिर रहेको सुनको मूल्य आज पुन: बढेको हो।

images
images

चाँदी आज प्रतितोला एक हजार चारसय ७५ रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।


प्रकाशित : आइतबार, फागुन २७ २०८०१०:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend