बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

लगानी सम्मेलनअघि राजनीतिक अस्थिरताको सन्देश

आइतबार, फागुन २७ २०८०
लगानी सम्मेलनअघि राजनीतिक अस्थिरताको सन्देश

यद्यपि प्रधानमन्त्री तथा लगानी बोर्डको मुख्य संरचनामा हेरफेर नभएकाले सरकारले लगानीकर्तालाई विश्वस्त पार्न सक्ने छ।

काठमाडौं-  लगानी सम्मेलनको मुखमा सत्ता समीकरण अदलबदल हुँदा लगानीकर्तामाझ खराब सन्देश प्रवाह भएको छ। 

बैशाखमा लगानी सम्मेलन आयोजना गर्ने घोषणा गरेर तयारी अघि बढिरहेकै समयमा सत्ता समीकरण बदलिएपछि त्यसले लगानीकर्तामाझ नकारात्मक सन्देश दिएको छ। 

लगानी सम्मेलनका लागि अग्रसरता बढाएका मन्त्रीमात्र होइन पार्टी नै सरकारबाहिर पुगेपछि त्यसको मनोवैज्ञानिक असर लगानीकर्तामा पर्ने जोखिम बढेको अधिकारीहरूले बताएका छन्। 

निवर्तमान अर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले लगानी सम्मेलनका लागि खटिइरहेका थिए। उनले अर्बपतिहरूसँग व्यक्तिगत सम्पर्क तथा भेटघाट पनि गरेका थिए। गौतम अडानीदेखि दर्जनौँ ठूला उद्यमीसँग उनले सम्पर्कको प्रयास गरेका थिए।

सामान्य कुटनीतिक पहलको साटो मुख्य लगानीकर्ताहरूलाई विभिन्न माध्यममार्फत सम्पर्क गरेर सम्मेलनलाई अर्थपूर्ण बनाउने उनको प्रयास थियो। उद्यमी व्यवसायी, बहुराष्ट्रिय वित्तका प्रमुखरूसँग निवर्तमान अर्थमन्त्रीले आफै सम्पर्क प्रयास गरेका थिए। यसरी तयारी बढिरहेको अवस्थामा अर्थमन्त्री परिवर्तनमात्र होइन सत्तामा सहभागी राजनीतिक दल नै परिवर्तन भएका छन्। 

तयारीको एउटा गति लिएको समयमा मन्त्री परिवर्तन हुने दलीय समीकरण पनि फेरिने हुँदा अस्थिरताको सन्देश जाने अधिकारीहरू नै बताउँछन्। 

‘जब कि नयाँ अर्थमन्त्रीले त्यही अनुसार पहल गर्नुपर्ने हुन्छ, नभए पहिलेको तयारी सबै गयो फेरि पूरानै शैलीअनुसार जान्छ, अर्कोतिर लगानीकर्तामा सन्देश पठाउँदा एउटा मन्त्री सम्मेलन हुँदा अर्को मन्त्री हुँदा अस्थिरताको सन्देश जान्छअर्थ मन्त्रालयका एक अधिकारी भन्छन्। 

यद्यपि प्रधानमन्त्री तथा लगानी बोर्डको मुख्य संरचनामा हेरफेर नभएकाले सरकारले लगानीकर्तालाई विश्वस्त पार्न सक्ने छ। 


प्रकाशित : आइतबार, फागुन २७ २०८०१०:४७
  • सम्बन्धित विषय:

  • # तेस्रो लगानी सम्मेलन


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend