बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

सूर्यविनायक काँठ क्षेत्रमा ग्रामीण चक्रपथ निर्माण सुुरु

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, मंसिर २५ २०७८
images
images
सूर्यविनायक काँठ क्षेत्रमा ग्रामीण चक्रपथ निर्माण सुुरु
images
images

भक्तपुर- सूर्यविनायक नगरपालिकामा काँठ क्षेत्रको ग्रामीण चक्रपथ निर्माण सुरु भएको छ। उपत्यका काँठ चक्रपथअन्तर्गत दधिकोट तर्खगालबाट बिरुवा जाने सडक ११ मिटर चौडाइ विस्तार, स्तरोन्नति एवं कालोपत्र आजदेखि सुरु भएको हो। 

images
images

सूर्यविनायक नगरपालिका-५ स्थित परोपकार, तर्खगाल, पातलेटार हुँदै बिरुवा जाने उक्त सडक वाग्मती प्रदेश परियोजनाअन्तर्गत पूर्वाधार विकास डिभिजन कार्यालयको डिजाइन र सुपरिवेक्षणमा निर्माण सुरु भएको हो। सो अवसरमा प्रतिनिधिसभा सदस्यसमेत रहेका एमाले नेता महेस बस्नेतले एमाले सत्ता पक्ष वा प्रतिपक्षमा रहँदा पनि विकासकै लागि अहोरात्र खट्छ भन्दै सबै दलका नेताले विकासमा ऐक्यबद्धता र राजनीतिमा प्रतिस्पर्धा गर्नुपर्नेमा जोड दिए।

images
images

उनले भने, '५० किलोको माला लगाएर विपक्षीलाई गाली गर्दैमा भोट आउँदैन, विकास गरेर जनताको मन जित्न सके मात्रै भोट आउँछ, तपाईंहरु गाली गर्दै जानुस्, हामी विकास गर्दै जान्छौँ।' निर्माण सुरु भएका सबै सडक कालोपत्र हुने बताउँदै उनले विकासका विरोध नगर्न आग्रह गरे।

images
images

वाग्मती प्रदेशसभा सदस्य शशिजङ्ग थापाले भक्तपुरका विकासले फड्को मारेको बताउँदै सहरी क्षेत्रको सडक मात्रै नभई गाउँगाउँका सडक फराकिलो र कालोपत्र भइरहेको उल्लेख गरे।

सङ्घीय, प्रदेश र स्थानीय तहको बजेटले यहाँको क्षेत्र र प्रत्येक घरघर जोडिने गरी सडक निर्माण भएको, सबै खोलामा पुल निर्माण भएको, साँघुरा सडक फराकिलो भएको र विद्यालय, सामुदायिक भवन, स्वास्थ्य चौकीदेखि जनताको सरोकारका संरचनाहरुले पूर्णता पाउँदै गएको बताए। 

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका उपप्रमुख जूना बस्नेत, वडा नं १ का अध्यक्ष साकुकाजी कायस्थ, वडा नं ४ का अध्यक्ष उत्तम थापा लगायतले विकासमा सूर्यविनायक निकै अगाडि बढेको चर्चा गरे। रासस


प्रकाशित : शनिबार, मंसिर २५ २०७८१०:२२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend